ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पा र सल्यानमा गठबन्धन र एमाले बीचमा प्रतिस्पर्धा


एबीसी / संवाददाता
२७ कार्तिक २०७९, आइतबार   ९ : २६   बजे

काठमाडौ., २७ कात्तिक । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावी सरगर्मी यतिबेला कर्णालीमा निकै बढिरहेको छ । दल तथा उम्मेदवारले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लगेका छन् ।

निर्वाचनमा कर्णालीका सबै जिल्लामा गठबन्धन दल र नेकपा ९एमाले०बीच नै प्रतिस्पर्धा देखिन्छ । सल्यानमा गठबन्धन दलका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) पार्टीका उपमहासचिव प्रकाश ज्वाला हुनुहुन्छ भने एमालेले राजेन्द्रवीर रायलाई उम्मेदवार बनाएको छ ।

स्थानीय तहको निर्वाचनको मतपरिणामलाई आधार मान्दा सल्यानमा नेपाली कांगे्रसको ३३ हजार छ सय १६, मओवादी २६ हजार सात सय १३, एमालेको २६ हजार छ सय २८ र नेकपा ९एकीकृत समाजवादी०को नौ हजार चार सय ६७ मत छ । एक लाख ५७ हजार सात सय एक मतदाता सङ्ख्या रहेको यस जिल्लामा गठबन्धनका साझा उम्मेदवार ज्वाला जित्नेमा ढुक्क हुनुहुन्छ ।

विसंं २०५१, २०५६, २०७० र २०७४ सम्म चुनाव जितेर सल्यानमा राम्रै छवि कायम गर्नुभएका उहाँले यसपटक पनि आफूले चुनाव जितिसकेको र औपचारिक घोषणा हुन मात्र बाँकी रहेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “सल्यानको विकास र समृद्धिका लागि मैलै गरेको कामलाई यहाँका मतदाताले राम्रोसँग पहिचान गर्न सक्नु नै मेरो जित हो ।”

एमालेका उम्मेदवार रायले आफ्नो व्यक्तित्व, भ्रष्टाचार नगर्ने सङ्कल्प र परिवर्तित जनताको मत नै यसपटकको चुनाव जित्ने मुख्य आधार भएको दाबी गर्नुभयो ।

डोल्पामा पनि गठबन्धनमा साझा उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का केन्द्रीय सदस्य धनबहादुर बुढा आफ्नो जित हुनेमा ढुक्क हुनुहुन्छ । विसं २०७० संविधानसभा तथा २०७४ को प्रतिनिधिसभा सदस्य जित्नुभएका उहाँले तेस्रोपटक पनि आफ्नो जित सुनिश्चित रहेको जनाउनुभयो ।

डोल्पा जिल्लाको स्थानीय तहको मतपरिणाम नेकपा ९माओवादी केन्द्रको चार हजार आठ सय ५५, एमालेको चार हजार पाँच सय ४५, कांग्रेसको तीन हजार ६९ र नेकपा ९एकीकृत समाजवादी०को एक हजार तीन सय ३४ छ । डोल्पामा २२ हजार चार सय ४० मतदाता सङ्ख्या छ ।

उहाँका प्रतिस्पर्धी एमालेका गणेशबहादुर शाहीले पछिल्लो समयमा एमालेप्रति जनताको आशा बढ्दै गएकाले जित आफ्नो पोल्टामा पर्ने जनाउनुभयो । “गठबन्धनलाई नै चिरेर मैले चुनाव जित्छु”, उहाँले भन्नुभयो, “मतदाताले मेरो काम हेर्न चाहिरहेका छन् ।”

प्रतिनिधिसभा सदस्यका लागि डोल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अङ्गतकुमार बुढा, नेकपा माक्र्सवादी ९पुष्पलाल०बाट हर्कबहादुर ठकुल्ला र स्वतन्त्रबाट वीरबहादुर रोकाय पनि चुनावी मैदानमा छन् ।

प्रदेशसभा सदस्यका उम्मेदवारको आ–आफ्नै दाबी

सल्यान प्रदेश ९१० मा गठबन्धन दलका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रबाट भीमप्रकाश शर्मा र एमालेका कुलबहादुर गिरी नै प्रतिस्पर्धी देखिएका छन् । उहाँले एक्लै जित्न सक्ने अवस्था हुँदै गर्दा गठबन्धन जोडिएपछि आफ्नो जित सुनिश्चित भएको बताउनुभयो । यद्यपि गिरीले गठबन्धनको हाउगुजी भ्रममात्र भएकाले जित आफ्नो हात पर्ने तर्क गर्नुभयो ।

प्रदेश २  क्षेत्रमा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका सुरेश अधिकारी र एमालेका उम्मेदवार गुलाबजङ्ग शाहले टक्कर दिइराख्नुभएको छ । उहाँ विसं २०७४ को प्रदेशसभा सदस्यमा विजयी हुनुभएको थियो । यद्यपि कांग्रेसका निर्मल सिंहले बागी उम्मेदवारी दिएकाले जिन सुनिश्चत गर्न गठबन्धनका उम्मेदवारलाई चुनौती बढेको छ । त्यसको फाइदा लिएर आफू जित्ने दाउमा भने एमाले छ ।

सल्यान १ क्षेत्रमा बागचौर, दार्मा, कुमाख सिद्ध कुमाख गाउँपालिका, शारदा नगरपालिकाको १४ र १५ र बनगाड–कुभिण्डे नगरापलिकाका १–७ वडा पर्दछन् । त्यस्तै २ क्षेत्रमा कालीमाटी, त्रिवेणी, कपुरकोट, छत्रेश्वरी गाउँपालिका, शारदा नगरपालिका १–१३ र वनगाड–कुपिण्डे नगरपालिकाका ९–१२ वडा पर्दछन् ।

डोल्पा क्षेत्र १ मा गठबन्धन दलका साझा उम्मेदवार कांग्रेसका दीपेन्द्रबहादुर शाही र एमाले शेरबहादुर बुढा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । एक्लाएक्लै लड्दा जित्न सक्ने क्षमता बनाएको कांग्रेसलाई गठबन्धनले जित सहज बनाएको उहाँले बताउनुभयो ।

एमालेका बुढाले भने जस्तोसुकै गठबन्धन भए पनि आफ्नो जित सुनिश्चित हुने जिकिर गर्नुभयो । त्यस्तै क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार नेकपा ९माओवादी केन्द्र०का बीरबहादुर शाही र एमालेका धनचन्द्र बैजी चुनावी प्रतिस्पर्धा हुनुहुन्छ । राप्रपाका बौद्धसिंह कठायतलाई प्रतिस्पर्धी मानिए पनि शाहीले आफ्नो जित सुनिश्चित रहेको दाबी गर्नुभयो । एमालेका बैजीले जनताले आफूलाई अगाडि सार्ने मत व्यक्त गर्नुभयो ।

डोल्पा प्रदेश क्षेत्र १ मा काइके, छार्काताङ्सोङ र डोल्पोबुद्ध गाउँपालिका तथा ठूलीभेरी नगरपालिका रहेका छन् भने प्रदेश क्षेत्र २ मा त्रिपुरासुन्दरी नगरपालिका, शे–फोक्सुण्डो, मुड्केचुला र जगदुल्ला गाउँपालिकाका रहेका छन् ।

निर्वाचन क्षेत्र १ भएको सल्यानमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धन दल, नेकपा (एमाले), राप्रपा, नेकपा (माले) र दुई स्वतन्त्र गरी छ र डोल्पामा एक स्वतन्त्रसहित पाँच उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् । सल्यानबाट १ र २ प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन स्वतन्त्रसहित ११ र डोल्पा (१) र (२) प्रदेशसभा सदस्यका सात उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

सल्यान र डोल्पाका दुवै जिल्लामा गठबन्धन दल, एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माक्र्सवादी (पुष्पलाल) र नेकपा (माले)लगायतका पार्टीले यो चुनावमा भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu