ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीको देवदहमा पाकडी बृक्ष हेर्न दैनिक पर्यटकको आगमन (भिडियोसहित)


एबीसी / संवाददाता
२७ कार्तिक २०७९, आइतबार   १० : १५   बजे

काठमाडौं, २७ कात्तिक ।  बाह्रै महिना हराभरा बातावरण सफा, सुन्दर अनि रमणिय दृष्य । देवदहमा बर्षौ देखी सतीसाल झै उभिएको छ एउटा बृक्ष, जुन बृक्ष अलौकिक छ र उत्तिकै बिशाल पनि । त्यसैले त यस वृक्षलाई द ट्रि अफ हेभन को उपमा दिईएको छ । वृक्ष वरपरको स्थान, यस वृक्षकै नाम पाकडीबाट राखीएको छ ।यो वृक्ष मात्र एउटा जराबाट थुप्रै हा“गाहरु फैलिएको छ । यहि पाकडी बृक्ष हेर्न दैनीकजसो पर्यटकहरु आइरहनछन् । रुपन्देहीको देवदह नगरपालिका वडा न. ८ मा रहेको यो वृक्ष हेर्नका लागि स्वदेसी तथा विदेशी पर्यटकहरु वर्षेनी हजारौंको हाराहारीमा आईरहन्छन् । वृक्षको छहारीमा बसेर आत्मसन्तुष्टि लिनका लागि पनि दिनहु मानिसहरुको घुईचो बढेको पाइन्छ ।

विशेष गरि यो बृक्षमा आन्तरिक एवं बाह्रय बुदिष्टहरु अवलोकन भम्रणमा आउने पर्यटकका कारण पाकडी तथा देवदह क्षेत्रमा पर्यटकको संख्या बढेको पाकडी बृक्षको रेखदेखमा खटिएका कर्मचारी बताउछन् ।

नेपालको मात्र होईन एशियाकै ठूलो वृक्षको रुपमा यस्लाई लिइन्छ । पाकडीको वृक्ष पुर्व पश्चिम महेन्द्र राजमार्गको शितलनगर चोकदेखि २ कि.मी. दक्षिणमा छ देवदह । हो यहि छ पाकडी बृक्ष । रहस्य नै रहस्य भेटिन्छन यो रुखमा । रुखको हा“गाहरुबाट कतै गणेश भगवानको स“ँड कतै विभिन्न भगवानका रुप बनेका देख्न सकिन्छ । यस्तै अन्य अनौठा आकृति देख्ने भएकाले पनि यस प्रती सबैको चासो बढ्न थालेको छ । ८२ फिट अग्लो अर्थात करिब ३० मिटर उचाई र झण्डै ३० मिटर नै परिधि भएको यस वृक्षले एक कठ्ठा जमिन ओगटेको छ । झन्डै १ कठ्ठा क्षेत्रफलमा फैलिएको पाकडी वृक्षलाई साक्षी राखेर प्रेम प्रस्ताव राखे प्रेम सफल हुन्छ भन्ने जनबिश्वास पनि रहेको छ । रहेको स्थानीयले बताउँछन् ।

शान्तिका अग्रदुत गौतम बुद्धको मावली क्षेत्र अर्थात रुपन्देहीको देवदह । वौद्ध ग्रन्थका अनुसार बुद्धको मावली मात्र होइन श्रीमती यशोधराको माइती अर्थात बुद्धको ससुराली पनि हो देवदह । महामानव गौतम बुद्धको जन्म र यस वृक्षको जन्म एकै समयमा भएको देखिएकोले यस वृक्षको ईतिहास पनि २५ सय बर्ष पहिलेकै भनेर बिश्वास गरिन्छ । ऐतिहासिक महत्व बोकेको यस वृक्षमा कुनै पनि चरा चुरुङीले गुड नलगाउने तथा हात्ती पनि नजिक नजाने बिशेषता रहेको बताइन्छ । वृक्षमा देख्न सकिने बिभिन्न देविदेवताहरुका धार्मिक आकृतिहरुका आधारमा धार्मिक मान्यता अनुसार पुजा अर्चना पनि गरिन्छ । रुखलाई हानी वा दखल पु¥याउने आ“ट कसैले गर्दैनन ।

बौद्धग्रन्थहरुमा उल्लेख भए अनुसार तत्कालिन समयमा गौतम बुद्धबाट हालको यसै पाकडी वृक्ष भएको स्थानमा होमखाडी बनाएर यज्ञ गरेको तथ्यहरु देखिनुले सो यज्ञ गरिएको स्थानमा नै पाकडीको वृक्ष उम्रेको र यो बुद्धसंग सम्बन्धित रहेको पुष्टि हुन्छ । लुम्बिनी मा आउने पर्यटक को बसाई लम्ब्याउने हो भने देबदह मा रहेका अन्य स्थान र पाकडी बृक्षको प्रर्वद्धन र संरक्षण गर्नु आवश्यक छ । पाकडी यति घना र सुन्दर छ कि रुपन्देही को ४० डिग्री को गर्मीमा पनि शितल प्रदान गर्दै सबैलाई मनमोहक बनाइ दिन्छ । आन्तरिक पर्यटक मुस्किल ले पाकडिमा पुग्ने गरेका छन् एकपटक त्यहा“ पुग्ने जोकोही मोहित बन्छन र बारम्बार जाने इच्छा राख्छन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu