ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मोरङ–३ : त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था


एबीसी / संवाददाता
३० कार्तिक २०७९, बुधबार   ९ : ५५   बजे

काठमाडौं, ३० कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मोरङ क्षेत्र नं ३ मा त्रिपक्षीय प्रतिस्पर्धाको अवस्था रहेको छ । सत्ता गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारसँगै यहाँ नायिका रेखा थापाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ ।

विसं २०७४ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा र वाम गठबन्धनबाट एमालेका भानुभक्त ढकालबीच प्रतिस्पर्धा भएको थियो । ढकालले विजयी हुँदै ४२ हजार चार सय १३ तथा शर्माले ४० हजार पाँच सय छ मत प्राप्त गर्नुभएको थियो । ढकालसँग शर्मा एक हजार नौ सय सात मतान्तरले पराजित हुनुभएको थियो ।

गत स्थानीय तहको निर्वाचनको परिणामलाई हेरेर यस पटक अनुमान लगाउन सकिने अवस्था छैन । नायिका थापाको उम्मेदवारीले यस पटकको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ । एमालेलाई बलियो सङ्गठनको भरोसा छ । शर्मा गठबन्धनको भर पर्नुभएको छ ।

नायिका थापा मोरङ–३ मा मतदाताले आफुलाई साथ दिने बताउनुहुन्छ । जनताको सेवा गर्ने भावनाले नै चलिचित्र क्षेत्रलाई केही समयका लागि थाँती राखेर चुनाव लड्न आएको उहाँ बताउनुहुन्छ । मुख्य प्रतिस्पर्धा ढकाल, शर्मा र थापाबीच हुने देखिन्छ । कांग्रेसबाट जयराज संयोक बागी उम्मेदवार रहनुभएको छ ।

मोरङ क्षेत्र नं ३ मा सङ्घीय र प्रदेशमा गरी ३३ उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । उन्नाइस स्वन्तन्त्र उम्मेदवार हुनुहुन्छ । नेमकिपाबाट ओमनारायण राजवतार, लोकतान्त्रिक समाजवादी पार्टीबाट भवन राई, हाम्रो नेपाली पार्टीबाट खगेन्द्रप्रसाद न्यौपाने, नेकपा (माले) बाट उद्धिमबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेशनबाट विकेन्द्र राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रिकादेवी लिम्बू, नेशनलिष्ट पिपुल्स पार्टीबाट नारायण शर्मा, समाजवादी पार्टी नेपालबाट कमल लिम्बू र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास उप्रेती चुनावी मैदानमा हुनुहुन्छ ।

त्यसैगरी दिनेश चापागाईँ, जयराज संयोक, कृष्ण राई, पङ्कजकुमार भगत, गणेशबहादुर पोखरेल, इन्दिरा थापा, कमल राजवंशी, प्रकाश भट्टराई, शिवकुमार पौडेल, अरविन शाह, इन्द्रप्रसाद सुवेदी, चन्द्रकला खत्री, सुवास धिमाल, हिमप्रसाद मिश्र, बाबुराम सुवेदी, रेवतकुमार बस्नेत, सुरेश भण्डारी, धर्मप्रसाद न्यौपाने र जीवनाथ निरौला स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

क्षेत्र नं ३ प्रदेशसभा (१) मा कांग्रेसबाट मानबहादुर लिम्बू, एमालेबाट दिलीपकुमार राई, राप्रपाबाट तीर्थबहादुर गुरुङलगायत सात जनाको उम्मेदवारी छ । प्रदेशसभा ९२० मा एमालेका ज्ञानेन्द्र सुवेदी, नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीकुमार श्रेष्ठ, राप्रपाबाट रमेश रिजाललगायत १३ जनाको उम्मेदवारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिकाका चौविस वडा मिलेर बनेको यस निर्वाचन क्षेत्रमा एक लाख ३९ हजार आठ सय ३३ मतदाता छन् । प्रदेशसभा (१) मा ७५ हजार तीन सय ९३ तथा प्रदेशसभा ९२० मा ७४ हजार दुई सय ४० मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन क्षेत्र नं ३ का निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेले बताउनुभयो । उक्त क्षेत्रमा ४८ मतदान केन्द्र कायम गरिएको छ ।

गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा वडाध्यक्षले ल्याएको मत सङ्ख्या हेर्दा सत्ता गठबन्धनको मत बढी देखिएको छ । एकल मतमा भने एमाले थोरै अगाडि छ । सो निर्वाचनमा एमालेको ३७ हजार चार सय १० र जनता समाजावादी पार्टीको चार सय ६३ मत आएको थियो । जसपा–एमाले गठबन्धनमा ३७ हजार आठ ७३ मत देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को दुई हजार एक सय २१ मत छ । कांग्रेसको ३६ हजार नौ सय १६, माओवादी केन्द्रको सात हजार तीन सय ७३ र एकीकृत समाजवादीको एक हजार आठ सय ५५ मत रहेको छ । सत्ता गठबन्धनको कुल मत ४६ हजार एक सय ४१ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu