ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिडियो सन्देश जारी गर्दै ओलीले भने- मतदान गर्नुअघि दुई भविष्यलाई सम्झिनुस्


एबीसी / संवाददाता
३० कार्तिक २०७९, बुधबार   ११ : २५   बजे

काठमाडौं, ३० कात्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुअघि दुई भविष्यलाई सम्झिन आग्रह गरेका छन्। बुधबार सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उनले मतदान गर्नुअघि आफ्नो र आफ्ना छोराछोरीको भविष्य सम्झिन आग्रह गरेका हुन्।

उनले मंसिर ४ गतेको चुनावले देश कसको हातमा सुम्पिने भन्ने कुराको निर्क्योल गर्ने भएकाले स्पष्ट निर्णय लिन आग्रहसमेत गरे। मंसिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निर्क्योल गर्ने छ। शेरबहादुर देउवाको हातमा कि म केपी शर्मा ओलीको हातमा उनले मतदातासँग प्रश्न गरेका छन्।उनले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको आरोप लगाए। गठबन्धनको कुनै राष्ट्रिय उद्देश्य नरहेको भन्दै उनले मंसिर ४ पछि यही गठबन्धन रहिरहे मुलुक बर्बादीतर्फ जाने बताए। उनले आफू पटक(पटक मृत्युको मुखबाट फर्केर आएको भन्दै आफूले कहिल्यै झुटो नबोल्ने र सत्य नछोड्ने वाचा गरेका छन्।

उनले दुई भविष्य सुनिश्चितताका लागि भिडियो सन्देशमार्फत् भोट मागेको स्पष्ट पारे। उनले एमालेका लागि भन्दा पनि राष्ट्रिय हित, स्वाधीनता, स्वाभिमानको रक्षा र पाँच वर्ष टिक्ने स्थायी सरकारका लागि भोट मागेको बताए।

https://www.facebook.com/watch/?v=1131737174115319

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu