ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वागमती ३३ मध्ये २३ सिट क्लियर, १० सिटमा सत्ता गठबन्धन र एमालेबीच चर्को प्रतिस्पर्धा


एबीसी / संवाददाता
१ मंसिर २०७९, बिहिबार   १० : ३३   बजे
काठमाडौं १ मंसिर । आम निर्वाचन २०७९ को अन्तिम स्थिति आइपुग्दा बागमती प्रदेशका परिणाम कस्तो आउला ? भन्ने सबैको चासो बनेको छ । देशकै राजधानी रहेको यो प्रदेशका १२ जिल्लाका २८ प्रतिनिधिसभा सदस्यको चुनावी नतिजाको स्थितिबारे सबैको चासो हुनु स्वभाविक हो । बागमती प्रदेशमा चितवनमा रवि लामिछानेको उम्मेदवारीका कारण बढी चर्चा छ । त्यस्तै, पटक–पटक सांसद जितेका विरोध खतिवडालाई महेश बर्तौलाले टक्कर दिएकाले मात्र नभई कमल थापा सूर्य चिन्हबाट निर्वाचनमा होमिएकाले मकवानपुर पनि चर्चामै छ । त्यसो त पूर्वसभामुख ओनसरी घर्ती काठमाडौं २ बाट चुनावी मैदानमा छन् । माओवादी केन्द्रबाट उम्मेदवारी दिएका घर्तीका लागि बाहिरबाट आएका उम्मेदवार भएकाले गठबन्धनकै उनीमाथि अविश्वास छ ।
काठमाडौं ५ मा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रदीप पौडेल लगायत स्वतन्त्र उम्मेदवारहरुको कडा चुनौती छ । वरिष्ठ नेताको उम्मेदवारीमाथि युवाहरुको टक्करले यो क्षेत्र पनि चर्चामा छ । काठमाडौं १ मा नेकाका प्रकाशमान सिंहलाई यसपटक निकै चुनौती छ । यसअघि स्वतन्त्र उम्मेदवारी दिएर आच्छुआच्छु पारेका रविन्द्र मिश्रले यसपटक राप्रपाबाट उम्मेदवारी दिएर मात्र नभई एमालेका युवा नेता किरण पौडेल, चर्चित पूर्वडीआइजी रमेश खरेलसमेतको कडा चुनौती छ । त्यस्तै, काठमाडौं ६ मा पूर्वआइजीपी सर्वेन्द्र खनालको उम्मेदवारीले चर्चामा छ । त्यस्तै, काठमाडौं ७ मा बाबुराम भट्टराईकी छोरी मानुषी यमिको उम्मेदवारीले चर्चामा छ । यो प्रदेशमा काठमाडौं उपत्यकाका १५ सिट बाहेकमा सत्ता गठबन्धन हावी छ भने काठमडौं उपत्यकाको ललितपुर क्षेत्र नं ३ मा माकेकी बहालवाला मन्त्री पम्फा भुसाललाई जित निकाल्न फलामको च्युरा चपाए सरह भएको छ । दोलखा २०७४ को निर्वाचनमा देशकै सबैभन्दा धेरै मतान्तरले एमालेका पार्वत गुरुङ विजयी भएको दोलखामा यसपटक एमालेले आफ्नो वर्चश्व जोगाउन हम्मेहम्मे परिरहेको छ । यसपटक सत्ता गठबन्धन छ । एक मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा गठबन्धनको तर्फबाट माकेका गंगा कार्की उम्मेदवार छन् । एमालेबाट बालकृष्ण सिवाकोटी उम्मेदवार छन् । कार्की र सिवाकोटीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । रामेछाप बाम गठबन्धनबाट उम्मेदवारी दिँदा २०७४ को निर्वाचनमा माकेका श्यामकुमार श्रेष्ठले जितेको रामेछापमा यसपटक त्यसबेलाकै प्रतिस्पर्धी नेकाका पूर्णबहादुर तामाङलाई सत्ता गठबन्धनले उम्मेदवार बनाएको छ । यो क्षेत्रमा एमालेबाट कैलाश ढुंगेल प्रतिस्पर्धी छन् । यो क्षेत्रमा नेका अगाडि देखिएका छन् । सिन्धुली दुईवटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा सत्ता गठबन्धनले एक–एक निर्वाचन क्षेत्र बाँडेको छ । क्षेत्र नं। १ मा कांग्रेस र २ मा माकेले उम्मेदवारी दिएका छन् । क्षेत्र नं। १ बाट नेकाका श्यामकुमार घिमिरे र २ बाट माकेका राजन दाहालको उम्मेदवारी छ । एमालेबाट १ मा प्रदीप कटुवाल र २ मा मनोजजंग थापाको उम्मेदवारी छ । सिन्धुली १ मा घिमिरे र कटुवालबीच प्रतिस्पर्धा छ । यसअघि प्रदेशसभा सदस्यमा पनि घिमिरे र कटुवालबीच प्रतिस्पर्धा थियो । कटुवालले जितेका थिए । कटुवाल नियमित जनताको घरदैलोमा पुग्ने नेताका रुपमा परिचित छन् भने घिमिरे महोत्तरीबाट आएर चुनाव लडेको भन्दै उज्वल बराल लगायत घिमिरेसँगै प्रतिस्पर्धी ५ भाइले विज्ञप्ति नै निकालेका थिए । यो क्षेत्रमा गठबन्धनले इमान्दारितासाथ भोट हालेमा घिमिरे विजयी हुनेछन्, होइन भने कटुवाल । माओवादीको गढका रुपमा चिनिएको सिन्धुली २ मा जिल्लामा चर्चित माकेका नेता राजन दाहाल र एमालेबाट बौद्धिक नेता मनोजजंग थापाबीच प्रतिस्पर्धामा छ् । स्थानीय तहको परिणामअनुसार गठबन्धन अघि छ । गठबन्धनबीचको असन्तुष्टिलाई व्यवस्थापन गर्न सकेमा दाहालका लागि जित सहज छ । रसुवा २०७४ मा पनि जितेका नेकाका मोहन आचार्य यसपटक पनि सत्तागठबन्धनको तर्फबाट नेकाबाट उनै उम्मेदवार छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको यो जिल्लामा यसपटक आचार्यसँग एमालेका छेवाङ तेन्जिङ लामाले प्रतिस्पर्धा गर्दैछन् । यसअघि एमालेले जनार्दन ढकाललाई उठाएको थियो । चार हजार मतान्तरले विजयी भएका ढकालका लागि यसपटक माओवादीसँग गठबन्धन रहेकाले जित सहज हुने अनुमान गरिएको छ । तथापि, एमालेका लामा पनि कमजोर भने छैनन् । धादिङ दुई निर्वाचन क्षेत्र रहेको धादिङमा सत्ता गठबन्धनले एक एक क्षेत्र भाग लगाएको छ । क्षेत्र नं १ मा गठबन्धनले बागमती प्रदेशका बहालवाला मुख्यमन्त्री समेत रहेका एसका राजेन्द्रप्रसाद पाण्डेले उठाएको छ भने यसअघि पनि जितेका एमालेबाट भुमिप्रसाद त्रिपाठीले पाण्डेसित प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । त्यस्तै, क्षेत्र २ मा सत्ता गठबन्धनबाट नेकाका रामनाथ अधिकारीको उम्मेदवारी छ । उनलाई एमालेका खेमप्रसाद लोहनीले टक्कर दिइरहेका छन् । यो क्षेत्रमा नेका अगाडि देखिएको छ । नुवाकोट नुवाकोटमा दुई निर्वाचन क्षेत्र छन् । क्षेत्र १ मा सत्ता गठबन्धनबाट माकेका हितबहादुर तामाङ पुनः निर्वाचन प्रतिस्पर्धामा छन् । यसअघिको निर्वाचनमा पनि जितेका तामाङलाई एमालेका बद्री मैनालीले टक्कर दिँदैछन् । यो क्षेत्रमा गठबन्धनका कारण माकेका तामाङ अगाडि देखिएपनि यसअघि पनि जितेर पनि विकास नगरेको भन्दै सर्वसाधारणले समेत खेदेका थिए । नुवाकोट क्षेत्र २ मा यसअघि प्रतिस्पर्धामा रहेका नेकाका अर्जुन नरसिंह केसी र एमालेका नारायणप्रसाद खतिवडाबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनबाट केसी र एमालेले खतिवडालाई चुनावी मैदानमा उतारेको छ । केसीलाई यसअघिको निर्वाचनमा १० हजार बढी मतले खतिवडाले पराजित गरेका थिए । काठमाडौं १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंको क्षेत्र १ मा यसअघि पनि जितेका नेकाका प्रकाशमान सिंह यसपटक पनि गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारी दिएर ८१८ मतले पराजित भएका रविन्द्र मिश्र यसपटक भने राप्रपाबाट उम्मेदवार छन् । यहाँ एमालेका युवा नेता किरण पौडेलको आकर्षक सक्रियताले चुनावी माहोल रोचक बनेको छ । यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौंको क्षेत्र २ मा यसपटक पूर्वसभामुख ओनसरी घर्तीमगर माकेको तर्फबाट चुनावी मैदानमा छन् । उनलाई एमालेका मणिराम फुयालले टक्कर दिइरहेका छन् । स्थानीय निर्वाचनमा गठबन्धनको मत बढी देखिएपनि बाहिरबाट आएर निर्वाचन उठेको भन्दै घर्तीमगरलाई कठिनाइ रहेको छ । यहाँ कडा प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौं ३ मा यसअघि जितेका एमालेका कृष्णबहादुर राई यसपटक पनि उम्मेदवार छन् । राईलाई नेकाका सन्तोष चालिसेले चुनौति दिइरहेका छन् । यहाँ चालिसे अघि देखिएका छन् । यसअघिको निर्वाचनमा पनि प्रतिस्पर्धी रहेका नेकाका गगन थापा र एमालेका राजन भट्टराईबीच काठमाडौं ४ मा यसपटक पनि प्रतिस्पर्धा हुँदैछ । यहाँ नेका अघि देखिएको छ । काठमाडौं ५ मा यसअघि पनि जितेका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र तनहुँका नेका नेता प्रदीप पौडेलबीच कडा प्रतिस्पर्धा देखिएको छ । स्वतन्त्रहरुको पनि उत्तिकै उम्मेदवारी रहेको यो क्षेत्रमा एमालेका पोखरेल जित नजिक देखिएको छ । काठमाडौं ६ मा यसअघि पनि जितेका नेकाका भिमसेनदास प्रधानलाई एमालेको तर्फबाट पूर्वआइजीपी सर्वेन्द्र खनालले प्रतिस्पर्धा गर्दैछन् । यो क्षेत्रमा यसपटक निर्वाचन रोचक देखिएको छ । नेकाका प्रधान अघि देखिएका छन् । काठमाडौं ७ मा सत्ता गठबन्धनको तर्फबाट माकेका मानुषी यमि भट्टराई, एमालेका श्यामकुमार घिमिरे र जसपाका राजेन्द्र श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा छ । यो क्षेत्रमा मानुषी अघि देखिएका छन् । त्यस्तै, काठमाडौं ८ मा जसपाका जीवनराम श्रेष्ठ, एमालेका शिवसुन्दर राज वैद्य र स्वतन्त्र उम्मेदवार सुमन सायमीबीच कडा प्रतिस्पर्धा देखिएको छ । काठमाडौं ९ मा गठबन्धनको तर्फबाट माकेका कल्पना धमला र एमालेका यसअघि पनि जितेका कृष्णगोपाल श्रेष्ठबीच चुनावी प्रतिस्पर्धा छ । यो क्षेत्रमा एमालेका श्रेष्ठका लागि जित सहज बनेको छ । काठमाडौं १० मा यसअघि पनि प्रचण्डलाई पराजित गरेका नेकाका राजेन्द्र कुमार केसी यसपटक पनि मैदानमा छन् । उनलाई एमालेका हिमेश केसी र माकेका अन्जना विसंखेले टक्कर दिइरहेका छन् । तथापि यहाँ नेकाका केसी अघि देखिएका छन् । भक्तपुर दुई निर्वाचन क्षेत्र रहेको भक्तपुरको १ नम्बर क्षेत्रमा यसअघि जितेका प्रेम सुवाल यसपटक पनि नेमकिपाबाट उम्मेदवार छन् । यो क्षेत्रमा एमालेका नवराज गेलाल प्रतिस्पर्धी छन् । यहाँ सुवालले जित निकाल्ने देखिन्छ । भक्तपुर २ मा एमालेका महेश बस्नेत र नेकाका दुर्लभ थापाबीच चुनावी प्रतिस्पर्धा छ । यहाँ एमालेका बस्नेत जित नजिक छ । ललितपुर यसअघि जितेका एमालेका नवराज सिलवाल र नेकाका उदय शम्शेर राणाबीच चुनावी प्रतिस्पर्धा देखिएको छ । गठबन्धन मतको आधारमा नेका अघि देखिन्छ । ललितपुर २ मा यसअघि एमालेबाट विजयी भएका कृष्णलाल महर्जन यसपटक नेकपा एसबाट चुनावी मैदानमा छन् । एमालेबाट प्रेमबहादुर महर्जन चुनावी मैदानमा छन् । यहाँ एमाले अघि देखिएको छ । अन्य जिल्लाको अवस्था काभ्रे दुई वटै जिल्लामा गठबन्धन अघि देखिएका छन् । त्यस्तै, सिन्धुपाल्चोक १ मा गठबन्धन र २ मा एमाले अघि देखिएका छन् । मकवानपुर १ मा गठबन्धन अघि देखिएका छन् । २ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा छ । त्यस्तै, चिवतनका तीन निर्वाचन क्षेत्र अस्थिर देखिएको छ । ती क्षेत्रहरुमा फोहोरी राजनीति देखिएको छ । यी तीन निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा त्रिपक्षीय हुने देखिएकोछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group