ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगे


एबीसी / संवाददाता
३ मंसिर २०७९, शनिबार   ३ : ४४   बजे

भोलि हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि दाङका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका छन् । लुम्बिनी प्रदेशका निर्वाचन अधिकृत नारायण भण्डारीका अनुसार दाङका चार सय ६५ मतदान केन्द्रमै कर्मचारी पुगिसकेका छन् ।

“शान्तिनगर, बबई र नाकाका केही क्षेत्रमा सडकको समस्या भएकाले केही समस्या देखिए पनि त्यहाँ पनि हिजो नै कर्मचारी पठाइसकेका छौँ”, उहाँले भन्नुभयो, “सबै ठाउँ कर्मचारी पुगिसकेको र त्यही अनुसार काम अघि बढाइसक्नुभएको छ ।”

मतदानका लागि आवश्यक सामग्री सबै लिएर शुक्रबार सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेका निर्वाचन अधिकारी भण्डारीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक मतदान केन्द्रमा आठ जना कर्मचारी खटाइएको छ । सोही अनुसार दाङका सबै मतदान केन्द्र र अन्य कर्मचारी गरी तीन हजार सात सय २० जना कर्मचारी खटाइएको हो । अहिले जिल्लाका सबै स्थानमा खटिएका कर्मचारीले बुथ निर्माण गरिरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले जनाएको छ ।

साथै मतदान केन्द्रको सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीका अनुसार आवश्यक परेको खण्डमा हेलिकप्टरबाट समेत निरीक्षण गर्ने गरी तयारी गरिएको छ ।

जिल्लाका मतदानस्थलमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटाइएको छ । साथै आवश्यक परेको खण्डमा थप नेपाली सेनासमेत परिचालन गर्ने तयारी गरिएको छ । हाल ६ हजार हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

दाङमा तीनवटा निर्वाचन क्षेत्रमा एक सय ५३ वटा मतदानस्थल छन् । जिल्लामा प्रतिनिधिसभाका लागि ३३ जना उम्मेदवार छन् भने प्रदेशसभाका लागि ४३ उम्मेदवार छन् । यसपटक जिल्लामा चार लाख १४ हजार नौ सय ५६ मतदाता छन् ।(((

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशीदेखि नारायणीसम्म खोजी तीव्र, चार जलविद्युत् आयोजनाका सुरुङमा पनि उद्धार टोली

फेसबुकमा शव व्यवस्थापनबारे लेखेका कोसीका सहसचिव निरौला खटाइए

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu