काठमाडौं, ९ माघ । सार्वजनिक स्थानमा दिउँसै पनि बत्ति बालेको पाईएपछि नेपाल विधुत् प्राधिकरणले कारबाहि अघि बढाएको छ। तराई मधेशका विभिन्न सार्वजनिक स्थानमा लापरवाहि ढंगले दिउँसै सडक बत्ति बाल्ने गरिएको र पटक पटक पत्र लेखेर ताकेता गर्दापनि अटेर गरेपछि प्राधिकरणले धमाधम कारबाहि सुरु गरेको छ ।
प्राधिकरणले सडक बत्ती निकाल्ने गर्नुका साथै महशुल नतिर्ने सरकारी कार्यालयको बत्ती पनि काट्न सुरु गरेको छ ।
जनकपुर उपमहानगरपालिकाका सडक बत्ती २४ सै घन्टा बल्ने गर्दथ्यो । बत्ती निभाउन बारम्बार पत्र लेखेर ताकेता गर्दा पनि अटेर गरेपछि धमाधम कारबाहि शुरु गरेको प्राधिकरण बुटवलका प्रमुख सचितानन्द यादवले जानकारी दिए ।
प्रधिकरणले अहिले कम जनघनत्व भएको ठाँउबाट कारबाहि अघि बढाएको छ । प्राधिकरण बुटवलका प्रमुख यादवले बाक्लो बस्ती भएको ठाउँमा मुठभेडको अवस्था आएको बताउदै यस्ता क्षेत्रमा दिउँसो निभाउन मिल्ने स्वीच राख्ने तयारी गरिएको बताए ।
यस विषयमा उपमहानगरका पदाधिकारीसंग छलफल भइरहेको यादवले जानकारी दिए । प्रांधिकरणले हालसम्म उपमहानगरभित्रका ८ सय बल्ब निकालिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्