ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी एक्जीट पोल : कांग्रेसले बढीमा ७० सिट जित्दा माओवादीले ३१ सिट जित्ने, एमाले ४१ सिटमै सीमित !


एबीसी / संवाददाता
४ मंसिर २०७९, आइतबार   ९ : ०७   बजे

काठमाडौं ४ मंसिर । दोस्रो संघीय निर्वाचनको एबीसी टेलिभिजनले यस अघिका चुनावमा जस्तै यसपटक पनि एक्जिट पोल सर्वाजनिक गरेको छ । एबीसीको प्रोजेक्सन अनुसार सत्तारुढ गठबन्धन प्रत्यक्षतर्फ ६० प्रतिशत भन्दा बढी सीट जित्ने छ भने प्रतिपक्षीय गठबन्धनमा रहेका एमाले, जनता समाजवादी पार्टी र राप्रपाले जम्मा ३५ प्रतिशत सिटमा जित्ने देखिएको छ ।

दलगत रुपमा सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले ६१ देखि ७०सम्म, माओवादी केन्द्रले २४ देखि ३१ सम्म, लोसपाले ३ देखि ४, एकीकृत समाजवादीले ७ देखि १०, राजमोले २ सिट र सत्ता गठबन्धनले समर्थनगरेका दुई जना स्वतन्त्र उमेद्वारहरुले जित्ने देखिएको छ । रुपन्देही १ मा घनश्याम भुसाल र रौतहट ३ मा प्रभु शाहलाई सत्तारुढ गठबन्धनले समर्थन गरेको छ ।

प्रतिपक्षीय गठबन्धनको मुख्य दल नेकपा एमालेले ३४ देखि ४१ सम्म, जसपाले ५ देखि ७ सम्म र राप्रपाले ३ देखि ५ सिटसम्म जित्न सक्नेछन् ।

एबीसी एक्टिज पोलका अनुससर प्रमुख दलका प्राय जसो मुख्य नेताहरुले चुनाव जित्ने छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री माधव नेपाल, पूर्व प्रधानमन्त्री झल नाथ खनाल ,राजमो अध्यक्ष चित्र बहादुर केसी , लोसपा अध्यक्ष महन्थ ठाकुर र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेनले चुनाव जित्ने देखिएको छ । यसमध्ये लिंगदेनले यसपटक नेकाका नेता कृष्ण सिटौलासंग झापा ३ मा कडा चुनौति सामना गर्नेछन् ।

यसपटक सवैभन्दा ठूलो संकट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आइलागेको छ । उनी जनमत पार्टीका अध्यक्ष सिके राउत संग सप्तरी २ मा पराजित हुने बलियो सम्भावना रहेको एवीसीको एक्जिट पोलमा देखिएको छ । सप्तरी २ मा मतका हिसाबले सत्ता गठबन्धनका उमेद्वार अघि भएपनि सिके राउतका कारण सत्ता गठबन्धनका उमेद्वार त्यहां तेस्रो नम्वरमा देखिएका छन् ।

एबीसी टेलिभिजनले राजनीतिशास्त्री र मिडिया विश्लेषकहरुका साथमा एक्जिट पोल सार्वजनिक गरेको हो । एक्जिट पोल बहसमा एबीससी टेलिभिजनका प्रधानसम्पादकसंग राजनीतिशस्त्री डा. लोकराज बराल र राजनीतिक अध्येता तथा नागरिक अगुवा श्याम श्रेष्ठ रहेका थिए ।

संघ र प्रदेशको सिट बाँडफाडमा पाँच सत्ता रुढ गठबन्धनबाट जनता समाजवादी पार्टी अलग भएपछि लोसपा सत्तरुढ गठबन्धनमा सामेल भएको छ । एबीसी टेलिभिजनमा सत्ता गठबन्धन भर्सेस प्रपिक्षीय गठबन्धन बीच भइरहेको प्रतिस्पर्धामा जसपालाई एमालेससंगको गठबन्धन फाइदाजनक हुन सकेन ।

एबीसी टेलिभिजन र नेपालपेजले देशभरका सात वटा प्रदेश सदरमुकाम र अन्य बाहिरी जिल्लाका गरी ५० वटा निर्वाचन क्षेत्रमा ग।ेको एक्जिट पोल सर्वाजनिक गरेको हो ।

यस अगाडिको स्थानीय तहको निर्वाचनमा पनि एबीसी टेलिजिभनले एक्जिट पोल गरेको थियो । जुन स्थानीय तहको निर्वाचनको परिणामसँग शतप्रतिशत मेल खाएको थियो । उक्त निर्वाचनमा एक्जिट पोल प्रशारण गर्ने एबीसी टेलिभिजन एकमात्र नेपाली संचारमाध्यम रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group