ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयल निगम जग्गा खरिद प्रकरण अनुसन्धान अन्तिम चरणमा,


admin
९ माघ २०७४, मंगलबार   ५ : ४८   बजे

काठमाडौं, ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्रयाएको छ । नेपाल आयल निगमले इन्धन भण्डारणको लागि भन्दै देशका विभिन्न भागमा खरिद गरेको जग्गामा अनियमितता भएको पाईएपछि अनुसन्धान अघि बढेको थियो ।

सोही अनियमिततामाथि भएको अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकरणसंग जोडिएका करिब ३ सय जनाको बयान लिईसकेको छ । अख्तियार स्रोतका अनुसार जग्गा खरिद प्रकरणमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालीन स्थानीय निकायका प्रतिनिधिसँगको वयान सकिएको छ ।

त्यसैगरी आयल निगमका १६ जना कर्मचारीसँग पनि बयान लिइएको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले अख्तियारले बयानका लागि बोलाएको बताएका छन् । त्यसैगरी आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आयोगले मंगलबार बयानका लागि बोलाएको छ ।

गोपाल खड्काको पनि आज लियो बयान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलवारदेखि आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको बयान लिन शुरु गरेको छ । खड्काकै संलग्नतामा जग्गा खरिदमा करिब १ अर्ब रुपैयाँ बराबरको घोटाला भएको आरोप लाग्दै आएको छ ।
खड्का बयान दिन मंगलवार बिहान १० बजे नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयमा उपस्थित भएका थिए ।
खड्काको बयान सकिएपछि आयल निगमको सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरुसँग बयान लिइने अख्तियार स्रोतले जनाएको छ ।

जग्गा खरिदमा १ अर्बभन्दा बढी अनियमितता

तत्कालीन व्यवस्थापिका संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले प्रतिवेदन सार्वजनिक गर्दै निगमले झापा, सर्लाही, चितवन र रुपन्देहीको भैरहवामा खरिद गरेको जग्गामा एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको बताएको थियो । जग्गाको जायज मूल्यभन्दा चार गुणा बढी मूल्य तिरेर १ अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको संसदीय समितिको ठहर थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि आफ्नो अनुसन्धानबाट उक्त प्रकरणमा १ अर्ब भन्दा बढी अनियमितता भएको तथ्य फेला पारेको छ ।

अनुसन्धान अन्तिम चरणमा

नेपाल आयल निगम घोटाला प्रकरण अनुसन्धान अन्तिम चरणमा पुगेको छ । निगमका कार्यकारी निर्देशक गोपाल खड्का र सञ्चालक समितिका सदस्य तथा पदाधिकारीसँग बयान लिने काम मात्रै बाँकी रहेको छ ।
त्यसपछि मुद्धामा दोषी पाईएका उपर विशेष अदालतमा मुद्दा दायर गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री संसदबाट टाढिँदा रास्वपा सांसद पनि उदासीन, गणपुरक नपुग्दा विधेयक रोकियो

बुबाको निधनपछि भावुक मेसी : ‘तपाईंविना कसरी अगाडि बढ्ने थाहा छैन’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

China’s Homegrown C919 Aircraft Completes First International Commercial Flight

China Accuses US and Allies of Politically Motivated Arms Control Criticism

Media Groups Sue Trump Over Paid Access to Social Media Posts

Former SPLC Intelligence Director Charged With Fraud

China’s New Energy Vehicle Sales Surpass 60% of Market Share in July

विदेशी मुद्राको विनिमयदर : डलर, युरो र कुवेती दिनार घट्दा अस्ट्रेलियन डलर बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu