ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिक मतमा एमाले अघिअघि, कांग्रेस दोस्रो र स्वतन्त्र पार्टी तेस्रोमा


एबीसी / संवाददाता
६ मंसिर २०७९, मंगलबार   ७ : ३०   बजे

काठमाडौं, ६ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ विभिन्न चार वटा क्षेत्रका मतपरिणाम सार्वजनिक भएको छ भने समानुपातिकतर्फ पनि मतगणना अपडेट भइरहेको छ।

निर्वाचन आयोगको तथ्यांकअनुसार अहिलेसम्म गणना भएको मतमा नेकपा एमाले अगाडि छ। एमालेले ४५ हजार ८ सय २९ मत कटाएको छ। अर्थात् एमाले २९।९ मतका साथ अघिल्लो स्थानमा छ। त्यस्तै दोस्रोमा नेपाली कांग्रेस छ। कांग्रेसको मत ४० हजार ४ सय ४० छ। जुन २६.३ प्रतिशत हुन आउँछ।

समानुपातिक तर्फ तेश्रो स्थानमा भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी छ। स्वतन्त्र पार्टीले १८ हजार ७ सय ४९ मत प्राप्त गरेको छ। जुन १२।२ प्रतिशत हुन आउँछ।
स्वतन्त्र पार्टीले प्राप्त गरेको मत कांग्रेस र एमालेको मतको आधा भन्दा कम छ। अर्कोतर्फ स्वतन्त्र पार्टीलाई नेकपा माओवादी केन्द्रले पछ्याइरहेको छ। माओवादी केन्द्रले १७ हजार ६ सय ४५ मत प्राप्त गरेको छ। माओवादीले स्वतन्त्र पार्टीसँगको अन्तर घटाइरहेको देखिन्छ।

राप्रपाले ९ हजार ८६, जसपा नेपालले ३ हजार ३ सय २२, जनमत पार्टीले ३ हजार १ सय १, नेमकिपाले २ हजार ९ सय १६, एकीकृत समाजवादीको २ हजार ९०, लोसपा नेपालको १ हजार ८ सय १९ र अन्य दल सबैले प्राप्त गरेको मत ८ हजार ४ सय ८१ छ।

हालको राजनीतिक दल सम्बन्धी ऐनअनुसार समानुपातिकतर्फ सिट सुरक्षित गर्न कुनै पनि दलले ३ प्रतिशत मत कटाउनुपर्ने हुन्छ। अहिलेको मतगणनाको रूझान हेर्दा माओवादीपछि राप्रपाले मात्र ३ प्रतिशत मत कटाएको छ। राप्रपाको ५।९ प्रतिशत मत छ।

प्रतिनिधि सभाका लागि ११० सिटको बाँडफाँट समानुपातिकतर्फको यही मतका आधारमा हुनेछ। सदर मतको ३ प्रतिशत मत कटाउने दलले समानुपातिकमा सिट पाउने छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group