ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभाका १० क्षेत्रको नतिजा : कांग्रेस ६ , एमाले ३ र नागरिक उन्मुक्ति पार्टी १ स्थानमा विजयी


एबीसी / संवाददाता
६ मंसिर २०७९, मंगलबार   ९ : ५२   बजे

काठमाडौं, ६ मंसिर । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ९ वटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधि सभाका ५ क्षेत्रमा जित हात पारेको छ । कांग्रेसले काठमाण्डौ १, काठमाण्डौ ४, रसुवा, मनाङ र मुस्ताङमा जित हात पारेको छ । एमालेले काठमाण्डौको क्षेत्र नम्बर ९, लतिलपुर २ र उदयपुर २ मा जित हात पारेको छ । कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ ।रसुवाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित हुनुभएको छ ।

आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६ सय २१ मतले पराजित गर्नुभयो । आचार्यले १८ हजार २ सय ३५ मत ल्याउँदा एमालेका तामाङले ८ हजार ६ सय १४ मत ल्याउनुभएको छ । रसुवामा मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २ सय १०, राष्ट्रिय स्वतन्त्र पार्टीका मीननाथ देवकोटाले १ सय ६५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका टीकाप्रसाद देवकोटाले ७५ मत ल्याउनुभएको छ ।
उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझी १५ हजार २ सय ५१ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयो ।

यस्तै स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३ सय ७९ र मंगोल नेशनल अर्गनाइजेसनका भाष्कर राईले १ हजार ४ सय ३० मत प्राप्त गर्नुभयो ।काठमाण्डौ क्षेत्र नम्बर ९ मा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ११ हजार ९ सय ५६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत प्राप्त गर्नुभएको छ । यस्तै सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादीकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४ सय २ मत प्राप्त गर्नुभएको छ । कैलाली क्षेत्र नम्बर–३ बाट नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी विजयी हुनुभएको छ । चौधरीले २३ हजार १ सय २० मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीलाई पाँच हजार ३ सय ७१ मतले हराउनुभयो । गठबन्धनका उम्मेदवार कृष्णकुमार चौधरीले १७ हजार ७ सय ४९ मत प्राप्त गर्नुभयो । काठमाण्डौ क्षेत्र नम्बर–४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापा २१ हजार ३ सय २ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत प्राप्त गर्नुभएको छ । थापाले भट्टराईलाई ७ हजार ४ सय ४७ मतको अन्तरले पराजित गर्नुभएको हो । काठमाडौं क्षेत्र नं। ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रदीप पौडेल निर्वाचित हुनुभएको छ । उहाँले नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई ५ हजार ६५ मतान्तरले पराजित गर्नुभएको हो । अन्तिम परिणामअनुसार पौडेलले १५ हजार २३७ मत पाएका पाउनुभएको छ भने एमालेका पोखरेलले १० हजार १७२ मत प्राप्त गर्नुएको छ ।

लितपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जन विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यलाई ६ हजारभन्दा धेरै मतले पछि पार्दै एमालेका महर्जन विजयी हुनुभएको हो । मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याउनुभयो भने एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu