काठमाडौं ६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको क्षेत्र नं. ७ मा पनि जित निकालेको छ ।
क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी भएका छन्। उनी आफ्ना निकट प्रतिस्पर्धीभन्दा झन्डै दुई हजार मतले अगाडि रहंदै विजयी भए ।
दोस्रो स्थानमा रहेको नेकपा एमालेका श्यामकुमार घिमिरेले ६८०० मत ल्याएका छन्।
यो क्षेत्रमा सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई ले ६०६३ मत पाएकी छन्।उनी पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी हुन् ।
प्रतिक्रिया दिनुहोस्