काठमाडौं ७ मंसिर । प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहंदै गर्दै नयां उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले चितवनका क्षेत्र नं. १ र २ निर्वाचित हुने निश्चित देखिएको छ । एबीसी टेलिभिजनले एक्जिट पोलमा चितवन २ मा रबि लामिछानेले जित्ने देखिएको थियो भने चितवन १ नंं रास्वपा एमाले र नेकाबीच त्रिपक्षीय प्रतिस्पर्धाको क्षेत्रका रुपमा देखिएको थियो ।
मतगणना आधाभन्दा कमीको हुंदै गर्दा चितवनका दुबै क्षेत्रमा रास्वपाका उमेद्वारले जित्ने निश्चित देखिएको छ ।
चितवन १मा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे र नेकाको तर्फबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजिनामा गराएर उमेद्वार बनाइएको डा. विश्व पौडेल रास्वपाका हरि ढकालसंग पराजित हुने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्