ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दोलखामा पुन: मतदानको तयारी, स्याङ्जामा अनुसन्धान हुँदै


एबीसी / संवाददाता
१० मंसिर २०७९, शनिबार   १० : ०६   बजे

काठमाडौं, १० मंसिर । निर्वाचन आयोगले दोलखामा पुनः मतदानको तयारी गरेको छ। पाँच स्थलमा ‘बुथ कब्जा’ गरेर धाँधली गरेको भन्दै एमालेसहितका दलले पुनः मतदानको माग गरेपछि आयोगले मतदानको तयारी गरेको हो।
आयोगले सहसचिव यज्ञप्रसाद भट्टराईको नेतृत्वमा खटाएको तीन सदस्यीय जाँचबुझ टोलीले दोलखा पुगेर पुनः मतदान गर्नुपर्ने निष्कर्ष निकालेको हो । कति मतदानस्थलमा फेरि मतदान गराउने भन्ने जाँचबुझ टोलीले प्रतिवेदन आयोगमा बुझाएपछि तय हुने बताइएको छ।

एमालेले दोलखाको वैत्यश्वर माविको ६ मतदान केन्द्र, हेल्थपोस्ट तामाकोशीका तीन मतदान केन्द्र, वडा कार्यालय पीपलबोट वैत्यश्वरको एक मतदान केन्द्र, नवीन मावि शैलुङको तीन मतदान केन्द्र र जखे प्रावि मेलुङको चार मतदान केन्द्रमा पुनः मतदानको माग गरेको छ।

यस्तै आयोगले मतगणनामा विवाद देखिएको स्याङ्जामा जाँचबुजका लागि सहसचिव फणीन्द्र गौतम र कानुन अधिकृत गोकुल भुजेललाई खटाएको छ। स्याङ्जामा मतपेटिका संकलन भइसकेपछि धाँधली भएको भन्दै एमालेलगायत दलले पुनःमतदानको माग गरेका छन्।

चापाकोट नगरपालिका– ३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि, वडा नम्बर ५ को जनसक्रिय आधारभूत विद्यालय र सोही वडाको दिनदयाली आधारभूत माविको बुथ कब्जा भएको आरोप लागेपछि यहाँ मतगणना रोकिएको छ।

टोलीले ल्याएको तथ्य–प्रमाणका आधारमा पुनः मतदान गर्ने वा गणना प्रारम्भ गर्ने निर्णय हुने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu