ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसका विजय गच्छदारलाई पराजित गर्दै एमालेकी भगवती चौधरी विजयी


एबीसी / संवाददाता
१३ मंसिर २०७९, मंगलबार   ६ : ४०   बजे

सुनसरी । नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई तेस्रो प्रयासमा पराजित गरेकी छन् ।

यसअघि दुई पटककका भिडन्तमा चौधरीलाई गच्छदारले पराजित गरेका थिए। तर यस पटक गच्छदार उनै चौधरीसँग भारी मतान्तरले पराजित भए।

यस पटक भगवतीले गच्छदारलाई ५ हजारभन्दा धेरै मतको अन्तरमा पराजित गरेकी हुन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले ४० हजार ७८८ मत ल्याएकी छन्।

यो क्षेत्रमा पहिलो हार चाखेका गच्‍छदारले ३५ हजार ६०० मत ल्याउन सके। उनी भगवतीसँग ५१ सय ८८ मतले पराजित हुन पुगेका छन्।

२०७० को संविधान सभा निर्वाचन र २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा उनीहरु प्रतिस्पर्धी थिए। तर गच्छदारमाथि अनेक जालझेल गरेर नतिजा आफ्नो पक्षमा पारेको आरोप लाग्यो। त्यसविरुद्ध चौधरी सर्वोच्चसम्म पुगिन्। तर उनको मुद्दामा मंसिर ४ को नतिजा आउन लाग्दासम्म सुनुवाइ भएको छैन।

गच्छदार २०७० को निर्वाचनमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार हुँदा भगवती एमालेबाट मैदानमा थिइन्। २०७४ मा गच्छदारले कांग्रेसमै फर्किएर टिकट लिएका थिए।

यी दुवै निर्वाचनमा गच्छदारले बाजी मारेका थिए। तर, यो जीतको कथा सहज र विवादरहित हुन सकेन। ०७० को निर्वाचनमा सत्ता र शक्तिको आडमा निर्वाचन जितेको आरोप गच्छदारलाई लागेको थियो।

२०७४ मा पनि उनले निर्वाचनमा धाँधली गरेको भन्दै अदालतमा मुद्दा नै परेको थियो। तर ५ वर्ष बित्दा पनि संवैधानिक अदालतले चौधरीद्वारा दायर मुद्दाको फैसला गरेन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu