ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धनगढीमा निषेधाज्ञा तोड्दै विद्यार्थीको प्रदर्शन


एबीसी / संवाददाता
१६ मंसिर २०७९, शुक्रबार   ५ : ३६   बजे

काठमाडौँ, १६ मंसिर ।   स्कुले छात्राको मृत्युपछि विरोधमा उत्रिएका विद्यार्थीहरूको प्रदर्शन अनियन्त्रित बन्न थालेको छ । कैलाली प्रशासनद्वारा जारी निषेधाज्ञा तोड्दै उनीहरू शुक्रबार प्रदर्शनमा उत्रिएका छन् ।प्रदर्शनमा रहेकाहरूमध्ये प्रहरीले पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताएका छन् ।बिहीबार बिहान ग्रेडरले कुल्चिएर धनगढीस्थित पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउँदको घटनास्थलमै मृत्यु भएको थियो । छात्राको मृत्युपछि विद्यार्थीहरू प्रर्दशनमा उत्रिएका थिए ।

अवस्था तनाबग्रस्त बन्न थालेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले बिहीबार साँझ ७ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।जिल्ला प्रहरी कार्यालयमा मृतकका अभिभावकहरुसँग छलफल चलिरहेको भए पनि सडकमा उत्रिएका विद्यार्थीहरूको प्रदर्शन अनियन्त्रित रहेको पञ्चोदय मावि अभिभावक संघका अध्यक्ष ज्योति भट्टले बताए । ‘

परिस्थितिको ख्याल गर्दै आन्दोलन अनियन्त्रित हुन नदिन पहल गर्दै आएको भए पनि सम्हाल्न सकिएको छैन,’ उनले भने ‘विभिन्न ठाउँबाट प्रदर्शनमा रहेका विद्यार्थीहरू र पछिल्लो परिस्थितिले झन् चिन्ता बढाएको छ ।’मृतकका अभिभावक कानुनी उपचार खोज्न सहमत हुँदै आन्दोलनमा नलाग्न भनिरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । ‘परिस्थितिलाई सहज बनाउनु सबैको दायित्व हो,’ उनले भने ।धनगढीमा विभिन्न विद्यालयका विद्यार्थीहरू शुक्रबार बिहानैदेखि निशेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका छन् । बैतडी घर भई धनगढी–५ तारानगर बस्ने छात्रा साउँदलाई हसनपुर पिपलचौतारा नजिक पानीपिच गरिरहेको ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले ब्याक गर्ने क्रममा कुल्चिएर मृत्यु भएको थियो । चालक चितवन भरतपुर महानगरपालिका २८ का २७ वर्षीय विमल कुमाल प्रहरीले नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu