ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भीम रावललाई मेयर शाहको जवाफ : ‘परराष्ट्रको अनुमतिपछि मात्र अमेरिकी राजदूतसँग भेटेका हौँ’


एबीसी / संवाददाता
१६ मंसिर २०७९, शुक्रबार   ८ : ४४   बजे

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले परराष्ट्र मन्त्रालयको अनुमति लिएर आएपछि अमेरिकी राजदूतलाई भेटेको बताउनुभएको छ ।अमेरिकी राजदूतलाई भेटेको बारेमा नेकपा एमालेका नेता भीम रावलले उठाएका विषयलाई खण्डन गर्दै बालेन शाहले परराष्ट्रको अनुमतिपछि मात्र अमेरिकी राजदूत डीन थम्पसनसँग भेटेको बताउनुभएको हो । उहाँले अमेरिकी राजदूतले आफूहरूसँग पटक–पटक भेट्न खोज्दा चाहिँ परराष्ट्रबाट अनुमति लिएर आउन भनेको बताउनुभएको छ ।
यस्तै मेयर शाहले राजदूतले आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आएको भए पनि आफूहरूले अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी, पौवा बनाइदिन सहयोग गर्ने भनेर पठाएको बताउनुभएको छ ।

‘अमेरिकी राजदूतले हामीसँग पटक पटक भेट्न खोज्दा हामीले चाहिँ बरु उल्टै उहाँलाई परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आउनुस् भनेका हौँ र उहाँले अन्तिममा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि मात्र हामीले भेट्ने अनुमति दिएका हौँ । हामीलाई तपाईंहरू जस्तो विदेशीसँग सहयोग माग्ने कुनै रहर छैन । उहाँले हामीलाई आर्थिक सहयोग गर्ने प्रस्ताव लिएर आउनुभएको थियो तर हामीले हामी चाहिँ अमेरिकामा नेपाली सभ्यता झल्काउने मन्दिर अथवा पाटी, पौवा बनाइदिन सहयोग गर्छौँ भनेर पठाएका छौँ । र थप एमसीसीमार्फत विद्युत विदेशीलाई बेच्ने भन्दा पनि त्यो विद्युत् नेपालमै प्रयोग गरेर आर्थिक उन्नति गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेका छौँ’, शाहले फेसबुकमा लेख्नुभएको छ ।

यसअघि नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राजदूतलाई भेटेकोबारेमा प्रश्न उठाउनुभएको थियो । रावलले नेपालको परराष्ट्र सम्बन्धी मामिला सङ्घीय सरकार मातहत रहने स्मरण गराउँदै मेयर शाहले परराष्ट्र मन्त्रालयको अनुमति नलिइ अमेरिकी राजदूत भेटेको भए त्यो आपत्तिजनक हुने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७६८ पुग्यो

प्यानल छाडेर पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बुद्धाचार्यको स्वतन्त्र उम्मेदवारी

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu