ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिकमा १ करोड ३ लाख ९२ हजार मतगणना सकियो को को बने राष्ट्रिय पाटी ?


एबीसी / संवाददाता
१७ मंसिर २०७९, शनिबार   ८ : १३   बजे

काठमाडौं, १७ मंसिर ।  मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। शनिबार बिहान साढे ७ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभातर्फ अब ३ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ। जसमध्ये २ क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा माओवादी केन्द्रले अग्रता बनाएको छ।

यता समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ। पछिल्लो परिणाम अनुसार गणना भएको १ करोड ३ लाख ९२ हजार ९३४ सदर मतमा एमालेले २७ लाख ७९ हजार ८६ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४८ हजार ४१ मत ल्याएको छ ।

नेकपा ९माओवादी केन्द्र० तेस्रो स्थानमा छ। माओवादी केन्द्रले ११ लाख ६१ हजार ४०८ मत पाएको छ। यस्तै, ११ लाख २१ हजार १५५ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ५ लाख ८६ हजार २७ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी ९जसपा० ४ लाख २० हजार ९३८ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी ३ लाख ९४ हजार ३६८ मतसहित सातौँ, नेकपा ९एकीकृत समाजवादी० २ लाख ९४ हजार ८३ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी २ लाख ७१ हजार ६५८ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० १ लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ। अन्य दलले १ लाखभन्दा बढी मत कटाएका छैनन्।

यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।
राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।

 कुन दलले कति मत पाए ?

नेपाल कम्युनिष्ट पार्टी (एमाले) – २७,७९,०७६

नेपाल कम्युनिष्ट पार्टी (एमाले) – २७,७९,०७६

नेपाली काँग्रेस – २६,४८,०४१

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) -११,६१,४०८

राष्ट्रिय स्वतन्त्र पार्टी -११,२१,१५५

राष्ट्रिय प्रजातन्त्र पार्टी – ५,८६,०२७

जनता समाजवादी पार्टी, नेपाल -४,२०,९३८

जनमत पार्टी -३,९४,३६८

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) -२,९४,०८३

नागरिक उन्मुक्ति पार्टी -२,७१,६५८

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल -१,६७,२७८

नेपाल मजदुर किसान पार्टी – ७५,०४९

हाम्रो नेपाली पार्टी – ५५,६०१

मंगोल नेशनल अर्गनाइजेशन -४८,५१८

राष्ट्रिय जनमोर्चा – ४६,३५२

नेपाल संघीय समाजवादी पार्टी – ४१,८०६

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी) -३०,४१३

राष्ट्रिय जनमुक्ति पार्टी – २३,८९४

जनता प्रगतिशिल पार्टी, नेपाल – १८,०४८

नेपाल आमा पार्टी- १७,८३२

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च -१७,७९७

बहुजन एकता पार्टी नेपाल -१७,०६४

नेपाली काँग्रेस (बी.पी.) -१२,४७४

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल -१२,२६३

नेपाली जनता दल – ९,९७०

बहुजन शक्ति पार्टी – ९,४३५

नेपालका लागि नेपाली पार्टी – ८,३९६

नेपाल कम्युनिष्ट पार्टी – ७,९९७

नेपाल लोकतान्त्रिक पार्टी – ७,६९२

नेपाल जनता पार्टी – ७,५०६

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल) – ७,३७२

मितेरी पार्टी नेपाल – ७,०४२

जनजागरण पार्टी नेपाल -६,५३५

आमूल परिवर्तन मसिहा पार्टी नेपाल – ६,४०६

तराई मधेश लोकतान्त्रिक पार्टी – ५,९६७

जनसमाजवादी पार्टी, नेपाल – ५,८६६

सामाजिक एकता पार्टी – ५,७७९

पिछडावर्ग निषाद दलित जनजाति पार्टी – ५,१००

विवेकशील साझा पार्टी – ४,०३४

एकीकृत शक्ति नेपाल – ३,७५७

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी – ३,६९४

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) – ३,४०३

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल – ३,३३०

मौलिक जरोकिलो पार्टी – ३,२१३

नेपाल समावेशी पार्टी -२,९५०

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन -२,१९१

राष्ट्रिय नागरिक पार्टी -२,१४१

नेश्‍नलिष्ट पिपल्स पार्टी – २,०१५

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group