ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिकतर्फ १,०४,०९,६३३ मतगणना : एकीकृत समाजवादी राष्ट्रिय पार्टी नवन्ने !


एबीसी / संवाददाता
१७ मंसिर २०७९, शनिबार   ७ : ०३   बजे

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको छ ।

शनिबार बेलुका साढे ५ बजेसम्मको मतपरिणामानुसार प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले) अग्रस्थानमा कायमै छ । एमालेले २७ लाख ८४ हजार ८९७ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ५५ हजार ११९ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमै छ । माओवादी केन्द्रले ११ लाख ६१ हजार ९५२ मत पाएको छ ।

११ लाख २३ हजार ६२७ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८६ हजार ३८५ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी ९जसपा० चार लाख २० हजार ९४४ मत पाउँदै छौटौँ स्थानमा छ ।

जनमत पार्टी तीन लाख ९४ हजार ३९० मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) दुई लाख ९४ हजार १५२ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी दुई लाख ७१ हजार ६५९ मत पाउँदै नवौँ, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० एक लाख ६७ हजार २८० मतसहित दशौँ स्थानमा छ । अरू पार्टीले एक लाखभन्दा कम मत पाएका छन् ।

अहिलेसम्म एक करोड चार लाख नौ हजार ६३३ मत गनिएको छ ।

यसक्रममा राष्ट्रिय पार्टी बन्न संघर्षरत एकीकृत समाजवादीको मत थपिनेक्रम सुस्त देखिएको छ । आजै दिउँसो सवा २ बजेसम्म सो पार्टीले दुई लाख ९४ हजार १०० मत पाएको थियो । पछिल्लो विवरणानुसार त्यसमा ५२ मत मात्र थपिएको छ । अरू ठूला दल एमाले, कांग्रेसको मत तुलनात्मक रूपमा बढी थपिएको छ । एकीकृत समाजवादीको भन्दा राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको मत पनि बढी थपिएको छ ।

एबीसी एक्जिट पोलमा पनि एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसक्ने देखिएको थियो ।

एबीसी एक्जिट पोल मा पनि एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसक्ने देखिएको थियो ।

सत्ता गठबन्धन १६५ मध्ये १०० सिटमा सहज जित, एमाले सहितको गठबन्धन मुश्किलले ५० सिटमा सिमीत, प्रमुख नेताहरु प्राय सबै निर्वाचित हुने

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu