ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शुक्रबारको बहसमा के भयो ?


एबीसी / संवाददाता
२३ मंसिर २०७९, शुक्रबार   ३ : ०५   बजे

काठमाडौं, २३ मंसिर।  संघीय संसदका महासचिव भरत गौतमले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर विरूद्ध लागेको महाअभियोग निष्क्रिय हुने भन्दै थमाएको पत्र खारेज गर्न परेको रिटमाथि संवैधानिक इजलासमा पहिलो बहस सकिएको छ।

सर्वोच्च बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्य सहितले उक्त पत्र खारेज गर्न माग गर्दै हालेको रिट कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र अनिल सिन्हाको संवैधानिक इजलासले सुनुवाई गरेको थियो।

पहिलो सुनुवाईमा रिट निवेदकका ६ वकिलले बहस सकेका छन्। बरिष्ठ अधिवक्ताहरु शम्भू थापा, बद्रीबहादुर कार्की, पूर्णमान शाक्य, गोपालकृष्ण घिमिरे, कृष्णप्रसाद भण्डारी र टिकाराम भट्टराई बहस गरेर सकेपछि अहिले संवैधानिक इजलासमा माग बमोजिम आदेश दिने वा नदिने निर्णयमा पुग्न न्यायाधीशहरू परामर्शमा जुटेका छन्।

इजलासमा बोलेका वकिलहरूले चोलेन्द्र शमसेर र भरत गौतमले राजद्रोहदेखि जालसाजी गरेको सम्मका आरोप लगाएका छन्। बरिष्ठ अधिवक्ता कार्कीले बहसका क्रममा निलम्बित प्रधानन्यायाधीश राणा र महासचिव गौतमलाई संसदको अवहेलनामा कारबाही गर्नुपर्ने बताए।

‘महाअभियोग निष्क्रिय पार्न महासचिवलाई निवेदन दिने र निवेदन अनुसार निष्क्रिय भएको पत्र लेख्ने दुवैले संसदको अवहेलना गरेका छन्। संसदले दुवैलाई कारबाही गर्न सक्छ। यो त हाइएस्ट लेभलको अब्स्ट्रक्सन भयो। यो भन्दा ठूलो बदमासी पनि हुन्छरु’ उनले भने।

बरिष्ठ अधिवक्ता थापाले संसदमा विचाराधीन महाअभियोगको विषयमाथि राणा र गौतमले जालसाजी गरेको बताए। महाअभियोग निष्क्रिय भएको भन्दै गौतमले दिएको पत्रले संवैधानिक व्यवस्था खलल पार्ने काम गरेकाले उक्त कार्य राजद्रोह भएको जिकिर गरे।

‘यो पत्र आउने वित्तिकै यसले त संवैधानिक व्यवस्थालाई खलल पार्ने किसिमको राजद्रोहात्मक भन्या छु श्रीमान,’ थापाले भने, ‘संवैधानिक व्यवस्थालाई नै तहसनहस पार्ने गरि कसैले चिठी लेख्छ र कार्य गर्छ भन्यारु यो मानहानीको मात्र हो र ?’

उनले इजलाससमक्ष अर्को प्रश्न सोधे–चोलेन्द्रलाई मैले सफाइ पाएँ पत्र देऊ भन्ने अधिकार कहाँबाट आयोरु त्यो संसद आफैंले लेख्ने हो कि उहाँले निवेदन दिएर लेख्छ ?

दुवैको बिचमा दुषित किसिमको मिलेमतो भएर जालसाजी भएको उनले जिकिर गरे।

सर्वोच्च बार एशोसिएसनका अध्यक्ष शाक्यले संसदका महासचिव गौतमलाई महाअभियोग निष्क्रिय गर्ने अधिकार नभएको बताए। सभामुख र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा नियुक्त हुने कर्मचारी भएको र उनले संसदको क्षेत्राधिकार प्रयोग गर्न नपाउने शाक्यको तर्क छ।

बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले पनि भविष्यमा हुने भ्रष्टाचार तथा सम्पत्ति शुद्धिकरणका मुद्दाबाट बच्न राणाले संसदका महासचिवसँग मिलेमतो गरेर महाअभियोग निष्क्रिय गर्न खोजेको जिकिर गरेका छन्।

‘महाअभियोग सिफारिस गर्दा समितिले उनीमाथि अख्तियारको दुरूपयोग गरेकोमा र सम्पत्ति शुद्धिकरण गरेकोमा सम्बन्धित निकायलाई अनुसन्धान गरि कारबाही गर्न सिफारिस गरेको थियो। महाअभियोगबाट पदमुक्त हुने प्रधानन्यायाधीशलाई उनीहरूले कारबाही चलाउन सक्छन्।,’ उनले भने, ‘त्यसैबाट बच्न चोलेन्द्र शमसेरले अनधिकृत व्यक्तिलाई प्रयोग गरेको देखियो।’ उनले महाअभियोग जिवितै रहेको र आउने प्रतिनिधिसभाको बैठकमा पेश गर्नु भन्ने अन्तरिम आदेश पनि जारी हुनुपर्ने माग इजलाससमक्ष राखेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu