ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समानुपातिकतर्फ सांसदको नाम टुङ्ग्याउन दलहरु अन्तिम कसरतमा


एबीसी / संवाददाता
२४ मंसिर २०७९, शनिबार   ८ : ०६   बजे

काठमाडौं, २४ मंसिर । समानुपातिकतर्फका सांसदको टुङ्गो लगाउन दलहरुले आज अन्तिम कसरत गर्दैछन् । कांग्रेस, एमाले, माओवादी, जसपा र राप्रपाको आन्तरिक बैठक आज बस्दैछ ।

निर्वाचन आयोगले आज दिउँसो ४ बजेसम्म समानुपातिकतर्फबाट सांसद हुनेको नाम बुझाउन समय दिएपछि दलहरु छलफलमा जुट्न लागेका हुन् । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ ।

कांग्रेसको बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । कांग्रेसलाई निर्वाचन आयोगले २९ जना महिला र तीन जना पुरुष सांसद पठाउन सूचित गरेको छ । यस्तै, प्रदेश सांसदबारे पनि बैठकले निर्णय गर्ने भएको छ । कांग्रेसले प्रदेशमा १११ सिट पाएको छ ।

यस्तै, एमाले केन्द्रीय सचिवालय बैठक पनि आज बस्दैछ । हिजो बस्ने भनिएको बैठक आजका लागि सारिएको हो । एमालेले समानुपातिकमा ३४ सिट पाएकोमा १५ पुरुष र बाँकी महिला सांसद पठाउनुपर्ने हुन्छ । एमालेले प्रदेशमा ९१ सिट पाएको छ ।

नेकपा माओवादी केन्द्रको हिजो बसेको पदाधिकारी बैठक समानुपातिक सांसदको अन्तिम सूची नटुङ्ग्याइकनै सकिएको छ । बैठक आज फेरि बस्दैछ । समानुपातिक सूचीका विषयमा सरोकारवाला निकाय र कानुनविद्हरुसँग छलफल गरेर आज टुङ्गो लगाइने पार्टी सचिव लीलामणि पोखरेलले जानकारी दिनुभयो । माओवादीले समानुपातिकतर्फ सङ्घमा १४ सिट र प्रदेशमा कुल २९ सिट पाएको छ ।

प्रतिनिधि सभाको समानुपातिकतर्फ १ सय १० सिटमा नेकपा एमालेले ३४, नेपाली कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ७, जसपा नेपाल र जनमत पार्टीले ५÷५ सिट पाएका छन् । जनमत पार्टीबाहेक अरु ६ दलभित्र समानुपातिकबाट सांसद हुनेको नाम टुङ्ग्याउन सकस भइरहेको छ ।

निर्वाचन आयोगले दलहरूलाई समानुपातिक सिट बाँडफाँट गरेर क्लस्टरअनुसार नाम बुझाउन पत्राचार गरेसँगै सबै दलभित्र बन्दसूचीमा रहेका उम्मेदवारको दौडधुप केही दिनदेखि बढेको छ । आयोगले आजसम्मको समय दिएर दलहरूबाट ३३ प्रतिशत महिला तथा अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रसमेतको प्रतिनिधित्व हुने गरी समावेशी समूहअनुसार बन्दसूचीबाट नाम माग गरेको हो ।

आयोगका अनुसार समावेशी समूहअनुसार नामावली पठाउन भनिए पनि संविधानले सुनिश्चित गरेको एक तिहाइ महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रको प्रतिनिधित्वको हकमा दलहरूलाई विशेषाधिकार छ । बन्दसूचीको माथिल्लो क्रममा रहेका उम्मेदवारले आफू सांसद बन्न दलभित्र लबिङ बढाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group