ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालका वरिष्ठ चिकित्सक डा. भोला रिजालसंग राजनीतिक सगै शिक्षा र स्वास्थ्य क्षेत्रका बारेमा गरिएको अन्र्तवार्ता


एबीसी / संवाददाता
२४ मंसिर २०७९, शनिबार   १० : ३६   बजे

काठमाडौं, २४ मंसिर ।  इटहरीको ट्याङ्ग्रा खोलाको दक्षिणतिर लाग्ने हाटबजारमा २०१४ सालमा आगालागी भयो । त्यसमा धेरै मानिस घाइते भए । पोलेको अंगमा मानिसहरू पानी छम्किनुभन्दा अर्को उपाय गर्न सकिरहेका थिएनन् ।
त्यतिबेला डिटोल, शिवाजलको गोटी र मह्लम, बर्नल, एनासिन, एस्प्रो ट्याब्लेट, बेरालगन जस्ता औषधि पाइन्थ्यो ।

यस्तै औषधि लिएर घाइतेहरूलाई मह्लमपट्टी गर्न १० वर्षे बालक खटिए । ती बालकले दिएको औषधिका कारण घाइतेहरूले राहत महसुस गरे । पछि गाउँलेले ती बालकलाई ‘छोटे डाक्टर’ भनेर बोलाउन थाले । २०३५ सालसम्म हिजोका ती बालक वास्तविक डाक्टर भइसकेका थिए अर्थात् एमबीबीएस डाक्टर । जागिरको सिलसिलामा सप्तरीको राजविराजमा हुँदा उनकी श्रीमतीको गर्भमा तेस्रो सन्तान थियो । तर, श्रीमतीले बच्चा जन्माउन सकिनन् र अपरेसन गर्नुपर्ने भयो । त्यहाँ अपरेसन गर्ने डाक्टर भए पनि एनेस्थेसिया (बेहोस गराउने औषधि) दिने कोही थिएनन् । त्यतिबेलाका अञ्चलाधीश महेशकुमार उपाध्यायको गाडी मागेर रातको १२ बजे श्रीमतीलाई विराटनगर पुर्‍याउनुपर्‍यो । बच्चा जन्मिए पनि श्रीमतीलाई ठीक हुन धेरै समय लाग्यो । यस्तो भोगाइपछि अब ती डाक्टरमा स्त्री रोग विशेषज्ञ बन्ने हुटहुटी सुरु भयो । र, उनी ढाकास्थित आईपीजीएमआर (अहिले बंगबन्धु शेख मजिव मेडिकल हस्पिटल)मा गाइनोकोलोजीमा पोस्ट ग्र्याजुएट गर्न गए । सन् १९८२ मा गाइनोकोलोजिस्ट भएर फर्किए । अहिले उनी ७३ वर्षका भए । यो बेलासम्म उनले धेरैको जीवन बचाएका मात्र छैनन्, निःसन्तान सयौँ दम्पत्तीको काख भरिदिएका पनि छन् ।

आगलागी पीडितलाई औषधि बाँड्ने ती १० वर्षे बालक र महिलाको वेदना महसुस गरी स्त्रीरोग विशेषज्ञ बनेका व्यक्ति हालका ओम हस्पिटलका संस्थापक डा. भोला रिजाल हुन् । डा. रिजाल आज नेपालका सिद्धहस्त स्त्रीरोग विशेषज्ञ हुन् । तर, उनको परिचय यतिमा सीमित छैन । पत्रकार, गीतकार, सङ्गीतकार, गायक, कथा लेखक, चलचित्र निर्माता भोला रिजालका अगाडि वा पछाडि जोडिएर आउने सशक्त चिनारी हुन् । चिकित्सा जस्तो अत्यन्तै व्यस्त पेसामा आवद्ध व्यक्तिको यति धेरै परिचय कसरी सम्भव छ ? धेरैलाई यस्तो लाग्न सक्छ, जुन स्वाभाविक हो । तर, यो अवस्थासम्म आइपुग्न डा. भोला रिजालका भोगाइको फेहरिस्त लामो छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu