ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ जनादेश प्राप्त भईसकेको अवस्थामा आफनो स्वार्थसिद्ध लागि अध्यादेशको तमासा (अप्रेशन विगन्युज भिडियोसहित)


एबीसी / संवाददाता
२९ मंसिर २०७९, बिहिबार   १० : १४   बजे

काठमाडौं, २९ मंसिर । मंसिर ४ को निर्वाचनले पटक–पटक सत्तामा बसेका कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत दलहरुप्रति गम्भीर असन्तुष्टिको सन्देश मात्र दिएन, नया सोच, थप गतिशीलता, पारदर्शिता र सुसंस्कृत राजनीतिको आवश्यकतासमेत खोज्यो । तर जनताको यो मतादेश स्वीकारेर अघि बढ्नुपर्ने बेलामा सत्तासीन दलहरुले सत्तामा टिकिरहनकै लागि मुलुकी फौजदारी कार्यविधि संहिता संशोधनका नाममा अध्यादेश ल्याएका छन् ।

अध्यादेशले संविधान, लोकतन्त्र, राजनीतिक नैतिकता र जनमतको धज्जी त उडाएको छ नै, के यसले ल्याउने दुष्परिणामबारे चिन्ता गरिएको छ ? राजनीतिसँग जोडिएका कतिपय मुद्दालाई सम्बोधन गर्ने स्पष्ट विधि र प्रक्रिया छन् । तर आफू सत्तामा पुग्न र टिकिराख्न गरिने प्रपञ्च र यस्ता दाउपेच राजनीतिक आचरणमा पर्दैनन् । जसरी अपराधको राजनीतिकरण र राजनीतिक आवरणमा छलकपट दोहोर्याइँदै छ, यो ताजा जनादेशमाथि ठाडो प्रहार हो । यहि मंसिर ४ गते सम्पन्न संघिय र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको अवस्थामा प्रधानमन्त्री शेर बहादुर देउवाको काम चलाउ सरकारले ताजा जनमत र आफ्नो कानूनी हैसियतको समेत ख्यालै नगरी नया“ सत्तँको सहजताका लागि गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी फौजदारी कार्यविधि संहितामा संशोधन अध्यादेश जारी गर्ने गरेर राजनीतिलाई झन बढि बदनाम गरेको छ । सरकारलाई कुनै जरुरी कामका लागि कानुन बनाउने विधायिकी प्रक्रिया पूरा गर्न लाग्ने झन्झटका कारण तत्कालै ती प्रक्रिया पूरा गर्न असंभव भएमा विधायिका नबसेको अवस्थामा अध्यादेश जारी गर्न सरकारलाई अख्तियारी दिइएको हो ।

यस्तो अधिकार संसारका सबैजसो संविधानले प्रत्याभूत गरेका छन् । हाम्रो संविधानको धारा ११४(१) मा संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक भएमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्ने व्यवस्था छ । सोही धाराको उपधारा (१) बमोजिम जारी भएको अध्यादेश ऐनसरह मान्य हुने भनिएकाले त्यस्तो आदेश ऐन नै नभएपनि ऐन सरहको मान्यता पाउने आदेश हो ।अध्यादेश जारी गर्ने कार्यले कानुन बनाउने संसद्को अधिकारमाथि हस्तक्षेप त गर्छ नै, विधायिकी प्रक्रिया पूरा गरी जारी भएका संसदीय कानुन अध्यादेश जस्तो कार्यकारी आदेशबाट संशोधन, खारेज वा खारेजीको कानुन पुनस्र्थापित हुने कार्यले अन्ततोगत्वा कानुनी राज परास्त भई अध्यादेशको राज स्थापित हुनेछ । नया सरकार गठनमा अंकगणित पु–याउनका लागि सरकारले नै अभियुक्तलाई उन्मुक्ति दिने तयारी गरेको भन्दै सर्वत्र विरोध भएको छ ।

अध्यादेश कानुनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्मविपरीत छ । अदालतमा विचाराधीन रहेको मुद्दालाई सरकारले फिर्ता लिन नमिल्ने र राजनीतिक विषय हो भने आवश्यकता देखे नया संसदले कानुन बनाएर प्रक्रिया बढाउन सक्ने अवस्था हुदा काम चलाउ सरकारले नया जनादेश प्राप्त भईसकेको अवस्थामा आफनो स्वार्थसिद्ध गर्न अध्यँदेश ल्याउनु गलत हो । नवनिर्वाचित सांसदहरु जोस र उत्साह बोकेर संसद् बैठकको मिति पर्खिरहेका छन् । यो बेला कुनै पनि महत्त्वपूर्ण निर्णय गर्नैपर्ने भए ताजा जनादेशसहितको संसदले काम गर्ने समय सुरु हुदै थियो । यो स्थितिमा हठात् अध्यादेश ल्याइनु सत्ता कब्जाको मनसाय होइन र ? संसद्लाई छलेर बालुवाटार र सिंहदरबारका बन्द कोठाबाट शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल वा नेताविशेषको स्वार्थमा पटक–पटक किन ल्याइन्छ अध्यादेश ? यसले दलहरुप्रतिको घट्दो जनविश्वास कहाँ पुग्छ ? अध्यादेशबाट शासन गर्ने मोह किन बढ्दै छ ? यो अध्यादेश कुनै व्यक्ति वा समुदायलाई न्याय दिनकै लागि ल्याइएको हो ? कि कसैको सत्ता स्वार्थको भ¥याङ मात्र बनाइएको हो ? यसमाथि गम्भीर विश्लेषण जरुरी छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu