ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४ हजार २८५ उम्मेदवारबाट दुई करोड ९६ लाख ९० हजार धरौटी रकम जफत


एबीसी / संवाददाता
२९ मंसिर २०७९, बिहिबार   ३ : १३   बजे

काठमाडौं, २९ मंसिर । प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कूल ४ हजार २८५ उम्मेदवारको धरौटी जफत हुँदा निर्वाचन आयोगलाई दुई करोड ९६ लाख ९० हजार रुपैयाँ आम्दानी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार जमानत जफत भएका ४ हजार २८५ उम्मेदवारबाट दुई करोड ९६ लाख ९० हजार रुपैयाँ जमानतबापत जफत भएको हो ।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारले मनोनयन दर्ता गर्दा प्रतिनिधिसभा सदस्यको लागि दश हजार रुपैयाँ धरौटी राख्नुपर्ने नियम छ। प्रदेश सभा सदस्य पदका उम्मेदवारले पाँच हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ ।

तर, महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुने, कुनै उम्मेदवारको दुई वटा मनोनयन पत्र दाखिला भएको अवस्थामा एउटा मनोनयन पत्रको लागि मात्र धरौटी राख्नु पर्ने आयोगले उल्लेख गरेको छ।

निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनको लागि मनोनयन दर्ता गरेका १७७२ पुरुष उम्मेदवारबाट १७ करोड ७२ लाख रुपैयाँ धरौटी जफत भएको छ भने १८९ जना महिला उम्मेदवारबाट ९ लाख ४५ हजार रुपैयाँ धरौटी जफत भएको छ ।  यस्तै प्रदेश सभातर्फ २०८६ पुरुष उम्मेदवारबाट एक करोड ४३ लाख रुपैयाँ धरौटी जफत भएको छ ।

२३७ जना महिला उम्मेदवारबाट ५ लाख ९२ हजार ५ सय रुपैयाँ धरौटी बापतको रकम जफत भएको छ । भने, एक जना लैंगिक अल्पसंख्यक समुदायका उम्मेदवारबाट २५ सय रुपैयाँ बराबर धरौटी रकम जफत भएको छ ।

प्रदेश सभामा धरौटी जफत भएका कूल २३२४ जना उम्मेदवारबाट १ करोड १० लाख २५ हजार धरौटीबापतको रकम जफत भएको हो ।  यता प्रतिनिधि सभाका कूल १९६१ उम्मेदवारबाट एक करोड ८६ लाख ६५ हजार रुपैयाँ धरौटीबापतको रकम जफत भएको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ २४१२ जनाले मनोनयन दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu