ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपाङ्ग टेवा संस्था र ह्वीलचियर फाउण्डेशनले देशका विभिन्न ठाउँमा ह्वीलचियर वितरण


एबीसी / संवाददाता
२९ मंसिर २०७९, बिहिबार   ९ : ५८   बजे

काठमाडौं, २९ मंसिर । अपाङ्ग टेवा संस्था र ह्वीलचियर फाउण्डेशनले देशका विभिन्न ठाउँमा ह्वीलचियर वितरण गरिरहेको छ । मस्तिष्क पक्षघात भएका बालबालिकाका लागि छुट्टै विशेष किसिमको ह्वीलचियर ५० वटा तथा सामान्य किसिमको अन्य ह्वीलचियर गरी जम्मा १५८ वटा वितरण गरिने अपाङ्ग टेवा संस्थाका अध्यक्ष डेण्डी शेर्पाले जानकारी दिनुभयो ।

अपाङ्गता भएका ब्यक्तिहरुको पनि अन्य नागरिक जस्तै विद्यालय, अस्पताल, बजार, कार्यस्थलजस्ता सार्वजनिक स्थानमा पूर्णरुपमा सहभागी हुन पाउनु पर्ने, उनीहरुको पहुँच अन्य नागरिक सरह हुनुपर्ने मा राज्यको नीति तथा कार्यक्रम कार्यान्वयन अझै हुन नसकेको अध्यक्ष शेर्पाको गुनासो छ ।

 

विगत लामो समयदेखि ह्वीलचियर मर्मत, वितरण तथा अपाङ्गता भएका ब्यक्तिहको जीवन सहज र सरल बनाउन होस्टल संचालन गर्दै आएको अपाङ्ग टेवा संस्थाले ह्वीलचियर फाउण्डेशनको सहयोगमा देशैभरीका अपाङ्गता भएका ब्यक्तिहरुलाई आवश्यकता हेरी ह्वील चियर वितरण गर्दै आईरहेको छ । विशेष किसिमको ह्वीलचियर लिनेमा भक्तपुरबाट अर्वाचिन अधिकारी, आर्यन श्रेष्ठ, दिब्यांस चन्द, सुमित गौतम, आश्मा सिग्देल, हिमाल गौतम लगायतका बालबालिका रहेका छन् ।

आफ्ना बालबालिकाले आवश्यकता अनुरुपको विशेष किसिमको ह्वीलचियर प्राप्त गरेकोमा संरक्षकहरु खुशी भएका छन् । बच्चालाई लिएर हिँडडुल गराउन सजिलो हुने भएकाले कुनैठाउँमा जानबाट बन्चित हुनु नपर्ने हुँदा यस्ता किसिमका विशेष ह्वील चियर सबै बालबालिकाको पहुँचमा पुग्नु पर्ने र यसकालागि राज्यले ह्वीलचियर वितरण प्राथमिकतामा राख्नु पर्ने संरक्षक तथा चित्रपुर अभिभावक स्वावलम्बन समुहकी अध्यक्ष ज्योति खतिवडाको धारणा छ ।

अपाङ्गता भएका बालबालिकाहरुपनि अपाङ्गमैत्री ठाउँ र उपयुक्त ह्वीलचियर भए सबलाङ्ग सरह हिँडडुल गर्न सक्छन् । नेपालमा अपाङ्गता भएका ब्यक्तिहरुकालागि पहुँच र सेवा सम्बन्धी केही नीति र कानून भएपनि कार्यान्वयन पक्ष कमजोर हुँदा उनीहरुले पाउने सेवा सुविधा प्राप्त गर्न सकिरहेका छैनन् । यसमा राज्यको ध्यान जानु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group