ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकालाई टर्कीको आग्रह


एबीसी न्यूज
११ माघ २०७४, बिहिबार   ८ : ११   बजे

 

अंकरा, १० माघ । सिरियाको कुर्दिस लडाकु समूह, वाइपीजीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको टर्कीले उक्त समूहलाई कुनै पनि हालतमा समर्थन नगर्न अमेरिकालाई टर्कीले आग्रह गरेको छ ।

टर्कीले उक्त लडाकु समूहविरूद्धको कारबाहीलाई मङ्गलबार पनि तीव्र पारेको थियो । टर्कीले बुधबार पुनः पछिल्लो पटक अमेरिकालाई आग्रह गरेको प्राप्त समाचारमा जनाइएको छ ।

टर्कीले सिरियास्थित कुर्दिस लडाकू समूहविरूद्ध केही दिन यतादेखि हवाई र स्थलगत रुपमा समेत सैन्य कारबाही जारी राखेको छ । उक्त कारबाहीपछि अन्तर्राष्ट्रिय समुदायले उसलाई संयमता अपनाउन आग्रह पनि गरेका समाचारमा जनाइएको थियो ।

उत्तरी सिरियाको अफ्रिन नामक सहरमा टर्कीले हवाई आक्रमण पनि गरेको थियो । सो आक्रमणको सिरियाले कडा शब्दमा निन्दा गरेको छ ।

टर्कीले उक्त सहरमा कैयौँ युद्धक विमानबाट हवाई आक्रमण गरेको छ । सो आक्रमणका बारेमा टर्कीले स्पष्टीकरण दिँदै आतङ्ककारीहरुमाथि कारबाही गरिएको जनाएको छ ।

राष्ट्रपति रिसेप तैयप एर्दोगानका प्रवक्ताले टर्कीको फौजविरूद्ध कुर्दिस लडाकूहरूले अमेरिकाले दिएका हातहतियारहरुको प्रयोग गरिरहेको बताएका छन् । (रासस÷एएफपी)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपीडितलाई विदुरले १० हजार कोठा भाडा दिने

अबको तीन दिन पनि भारी वर्षाको सम्भावना, दुई सातासम्म पानी पर्ने संकेत

सम्बन्धित

संयुक्त राष्ट्रसंघको ‘इक्वल अर्थ’ नक्सा प्रस्तावमा भारतको आपत्ति

इरानद्वारा होर्मुज जलमार्गबाहिर नयाँ ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गर्ने तयारी

पाकिस्तानद्वारा नेपाललाई १०० टन राहत सामग्री सहयोग

अमेरिकामा कार्गो विमान दुर्घटना, कम्तीमा पाँचजनाको मृत्यु

दिल्लीमा होस्टेल भवन भत्किँदा ५ जनाको मृत्यु, दर्जनौँ पुरिएको आशंका

इरानको चेतावनी– अब हुने आक्रमणको जवाफ अझ तीव्र र पीडादायी हुनेछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu