ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा युवाको नेतत्व एक तिहाईमा सिमित (भिडियोसहित)


एबीसी / संवाददाता
१ पुस २०७९, शुक्रबार   २ : १५   बजे

काठमाडौं, १ पुस । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनमा युवाको नेतत्व एक तिहाईमा सिमित रहयो । निर्वाचनका बेला युवाको नेतृत्व आवश्यक भन्दै धेरै बहस, नाराबाजी, प्रचारपसार नो नट अगेनजस्ता अभियान नै चलाएपनि प्रतिनिधिसभाले जेष्ठ नागरिकको तुलनामा युवा नेतृत्व एक तिहाई मात्र पायो । विकास र समृद्धिका लागि युवा नेतृत्वको आवश्यक भएपनि टिकट वितरणै युवा संख्या कम पर्नुले नेतृत्वमा कमी आएको हो ।

नेपालको राष्ट्रिय युवा नीति, राष्ट्रिय युवा परिषद् ऐन २०७२ को परिभाषामा १६ देखि ४० बर्ष उमेर समूहलाई युवा मानिन्छ । नेपालमा २०६८ को जनगणना अनुसार १६ देखि ४० वर्षको संख्या ४०.३५ प्रतिशत (१ करोड सात लाख) रहेको छ । युवा समूहको संख्या अनुसार पनि युवा सहभागिता सबैभन्दा बढी हुनुपर्ने देखाएको छ । तर नेपाली राजनीतिमा युवाले अवसर पाउन कठिन छ । हरेक देशमा युवा शक्तिको निर्णायक सहभागीताका कारण आर्थिक, सामाजिक, राजनीतिक परिवर्तन भएका छन् । संसारमा भएका युगान्तकारी परिवर्तनमा युवाहरूको अग्रणी भूमिका रहेको हुन्छ । कुनै पनि देश विकासको गतिमा कति अगाडि छ भन्ने कुराको मापन गर्दा देशमा रहेका युवा कति शिक्षित, सक्रिय, सभ्य, अनुशासित र आत्मविश्वासी छन् भन्ने कुरा हेरिन्छ ।

पार्टी महाधिवेशनदेखि अहिलेको सम्पन्न निर्वाचनसम्म युवा नेतृत्वका लागि विभिन्न पहलहरु भएपनि पूर्ण रुपमा सफलता हात परेन । हालै सम्पन्न प्रतिनिधिसभामा दुई सय ७५ सदस्यीय सभामा ४० वर्षमुनिका २८ युवाको प्रतिनिधित्व भएको छ । जब कि ६० वर्षमाथिका ज्येष्ठ नागरिकको उपस्थिति ८८ जनाको छ । ज्येष्ठ नागरिकसम्बन्धी ऐनले ६० वर्ष पुगेकालाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरेको छ । ऐनले ७० वर्ष कटेकालाई ‘वरिष्ठ ज्येष्ठ नागरिक’ भनेको छ । निर्वाचनको अन्तिम परिणामअनुसार ४० वर्षमुनिका आठजना प्रत्यक्षबाट र २० जना समानुपातिक प्रणालीबाट चुनिएका हुन । ६० माथिका ६३ जना प्रत्यक्ष र २५ जना समानुपातिक प्रणालीबाट छानिएका हुन । प्रतिनिधिसभामा सबैभन्दा धेरै सांसद ५० देखि ५९ वर्ष उमेर समूहका छन् । प्रत्यक्षबाट ६३ र समानुपातिकबाट ३१ गरी यो उमेर समूहका ९४ जना निर्वाचित भएका छन् । त्यस्तै, ४० देखि ४९ वर्ष उमेर समूहका ६५ जना निर्वाचित भएका छन् । उनीहरूमध्ये प्रत्यक्षबाट ३१ र समानुपातिकबाट ३४ जना चुनिएका हुन । आयोगको तथ्यांकअनुसार ६० देखि ६९ वर्ष उमेर समूहका ७० सांसद छन् । उनीहरूमध्ये ४९ जना प्रत्यक्षबाट र २१ जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका हुन् । प्रत्यक्ष निर्वाचनबाट ११ र समानुपातिकबाट तीनजना गरी ७० देखि ७९ वर्ष उमेर समूहका १४ जनाको प्रतिनिधित्व छ । त्यस्तै, ८० वर्षमाथिका पनि चारजना निर्वाचित भएका छन् । उनीहरूमध्ये प्रत्यक्षबाट तीन र समानुपातिकबाट एकजना छानिएका हुन् । प्रतिनिधिसभामा ८० वर्षमाथिका चारजना पुगेका छन् ।

नेपालीको राजनीतिक उपलब्धि र परिर्वतनमा युवा भूमिका सबैभन्दा महत्वपूर्ण छ । सन् १९९० पछि सुरु भएको एकात्मक राजतन्त्र तथा जहानिया राणाशासनविरुद्धको जनजागरण अभियानको सुरुदेखि पछिल्लो मधेस आन्दोलनसम्मका परिवर्तनमा युवाको भूमिका रहयो । नेपालको राजनीतिक इतिहासलाई नियाल्दा आफूले युवा अवस्थामै नेतृत्व सम्हाले पनि हस्तान्तरण गर्न नचाहेको स्पष्ट हुन्छ । जंगबहादुर राणाले ३१ वर्षको उमेरमा मुलुकको प्रधानमन्त्री भएका थिए भने कांग्रेसका संस्थापक नेता बीपी कोइराला ४५ वर्षको उमेरमै प्रधानमन्त्री भएका थिए । वर्तमान पार्टी सभापति सभापति शेरबहादुर देउवा पहिलो पटक प्रधानमन्त्री हु“दा ४८ वर्षका थिए । उनी चार पटक देशको प्रधानमन्त्री भएर पनि अझै कार्यकारी हुने दाउमा छन् भने पार्टी नेतृत्व छाड्ने मनस्थितिमा समेत छैनन् । जनताको बहुदलीय जनवादका जन्मदाता मदन भण्डारी ३८ वर्षको उमेरमै पार्टी महासचिव बनेका थिए भने माधवकुमार नेपाल ४० वर्षमा पार्टी महासचिव भइसकेका थिए । प्रचण्ड ३५ वर्षमा पार्टीको सर्वोच्च नेता भइसकेका थिए ।

विश्व इतिहासलाई हेर्ने हो भने युगान्डाकी सांसद प्रोस्कोभिया ओरोमाइट २०१३ मा सांसद निर्वाचित हु“दा १९ वर्षकी थिइन् । त्यसैगरी ब्रिटिस स्कटमूलकी म्हाहारी ब्लयाक सन् २०१५ मा सांसद जित्दा २० वर्षकी थिइन् । न्युजिल्यान्डबाट लेबर पार्टीबाट २००८ मा २८ वर्षको उमेरमा सांसद बनेकी ज्यासिन्डा आड्रन ३७ वर्षको उमेरमै पार्टी प्रमुख हु“दै न्युजिल्यान्डको तेस्रो महिला तथा उक्त देशको इतिहासमा सबभन्दा कम उमेरकी युवा महिला प्रधानमन्त्री हुन सफल भइन् । त्यस्तै, फ्रान्समा ३९ वर्षका युवा नेता इम्यानुएल म्याक्रोन पहिलो पटक चुनाव जितेर राष्ट्रपति भए । क्यानडाका जस्टिन टुडो ४४ वर्षको उमेरमा प्रधानमन्त्री बने । फिनल्यान्डमा सनाना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री निर्वाचित भइन् भने आफ्नो क्याबिनेटमा ३५ वर्षमुनिका पा“च जना मन्त्री पनि नियुक्त गरिन् । उनको टिमले निकै प्रभावकारी रूपमा काम गरिरहेको छ । बेल्जियममा पनि ४२ वर्षका चार्सेस मिचेल प्रधानमन्त्री भई देशको नेतृत्व गरेका छन् । अस्ट्रियाका चान्सलर ३१ वर्षमा विश्वको सबभन्दा कान्छा राष्ट्रप्रमुख भए । विश्व राजनीतिलाई हेर्ने हो भने पनि युवा नेतृत्व सफल भएको उदाहरण प्रस्ततै छ ।

राजनीतिमा युवालाई आकर्षण र सहभागी गर्न सके लोकतन्त्र बलियो हुन्छ । विकासका विभिन्न मुद्दामा युवाहरूको विशेष प्रभाव र भूमिका रहन्छ । साथै, युवाको उपस्थितिले राजनीतिक स्थितिहरूमा पुरातनवादी मनोवृत्ति परिवर्तन गर्न सक्छन् । युवाहरूलाई प्रोत्साहन गर्दा नेतृत्व गर्ने तत्परता, क्रियाशीलता र सहभागिताले राजनीतिलाई नया“ आयाम दिन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu