ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जसपा अहिले पनि एमाले गठबन्धनमै हो ?


एबीसी / संवाददाता
१ पुस २०७९, शुक्रबार   ३ : ५१   बजे

काठमाडौं, १ पुस । सत्ता गठबन्धनमा रहेर सरकामा समेत सामेल बनेको जनता समाजवादी पार्टी जसपाले चुनावको मुखैमा एमालेसँग तालमेल गर्‍यो । गठबन्धनभित्र सिट बाँडफाँटमा कुरा नमिल्दा एमाले कित्तामा गएको जसपाले निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकेन ।

निर्वाचनको नतिजा सार्वजनिक भएसँगै जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल सकिएको बताए थिए ।  उनले निर्वाचनका लागि मात्र तालमेल गर्ने सहमति भएकाले निर्वाचन सकिएसँगै तालमेल सकिएको समेत उल्लेख गरेका थिए ।

आमनिर्वाचनमार्फत् सत्ता गठबन्धनले नै नयाँ सरकार गठनको म्यान्डेट पाएपछि अध्यक्ष यादवको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने आंकलन धेरैको थियो । उक्त आंकलनलाई थप बल पुर्‍याउने अर्को कुरा थियो, अध्यक्ष यादवको हार ।

उनले एमाले गठबन्धनमा सामेल भएर पनि निर्वाचनमा पराजय भोगका थिए । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग भारी मतान्तरले पराजित भएका यादव एमालेप्रति रुष्ट बनेर सहकार्य तोडेको हुन सक्ने समेत कतिपयको आंकलन थियो । तर, जसपाकै अर्का नेता राजेन्द्र श्रेष्ठले आफूहरु एमालेको गठबन्धनमै रहेको बताएपछि नेताहरूबीचमै कुरा बाझियो । पार्टीभित्र रहेका विभिन्न धारहरू देखिएको विश्लेषण भइरहेका छन् ।

बिहीबार निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आमनिर्वाचनको अन्तिम परिणाम बुझाएको छ । योसँगै सरकार गठनको प्रक्रिया सुरु भइरहँदा जसपा कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ । एमालेसँग गठबन्धन तोडेको घोषणा गरेका अध्यक्ष यादवले सत्ता गठबन्धनमा सामेल हुनेबारे ठोस निर्णय गरिसकेका छैनन् । सरकार गठनको प्रक्रिया सुरु भइरहँदा जसपा कता लाग्छ भन्ने आम चासोको विषय बनेको देखिन्छ ।

जसपा अहिले पनि एमालेकै गठबन्धनमा हो ? भन्ने न्युज कारखानाको प्रश्नमा जसपा प्रवक्ता मनिष सुमन हाल आफूहरू कुनै गठबन्धनमा नरहेको बताउँछन् । पार्टीले सहकार्यका लागि सबै बाटोहरू खुला राखेको बताउँदै उनले सरकार वा गठबन्धनमा सहभागी बन्न एजेण्डामा सहमति हुनुपर्ने बताए ।

‘हामी अहिले कुनै गठबन्धनमा छैनौं । सहकार्यका लागि सबै बाटाहरू खुला छन् ।  तर, हामीले माग गरेका विषय र पार्टीका एजेण्डा जसले पूरा गर्न सघाउँछन् । हामी त्यता जान्छौं,’ उनले भने ।

उनले नेताहरूबीच निरन्तर भेटघाट छलफल चलिरहे पनि ठोस रूपमा कसैसँग सहमति नभएको बताए ।  प्रवक्ता सुमनले पार्टीभित्र कुनै फरक धार नभएको समेत दाबी गरे ।  पार्टीभित्र नेताहरू एकमत रहेको पनि दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu