ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायालयबाटै राष्ट्रपति बनाउने भारतको षड्यन्त्र : बिजुक्छे


एबीसी / संवाददाता
२ पुस २०७९, शनिबार   ७ : ३८   बजे

काठमाडौं, २ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषद्‍को अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै त्यसविरुद्ध लड्न तयार रहनसमेत आह्वान गरे ।

भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा उनले भारतको छायामा मुलुकको कार्यपालिका, न्यायपालिकासमेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरुले संघर्ष गर्नुपर्ने बताए ।

बिजुक्छेले प्रधानमन्त्री बनाउने र निर्वाचनमा जिताउने कामसमेत हालसम्म भारतकै निर्णय अनुसार हुने गरेको जिकिरसमेत गरे । अध्यक्ष बिजुक्छेले भने, ‘राजनीतिक रुपले पनि हाम्रो कसलाई चुनाव जिताउने र कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा दिल्लीबाट निर्णय हुँदै आएको छ ।

कृषिमा हामी बारम्बार भनिरहेका छौं हामीलाई रासायनिक मलको कारखाना हुनुपर्छ भनेर । कारखाना बनाउन भनेपछि मन्त्रीहरु थर्कमान हुन्छन् इन्डियाले मान्दैन भनेर । हाम्रो देशमा मल कारखाना खोल्नका लागि इन्डियाले मान्नुपर्ने १ देशको स्थिति यस्तो छ । उद्योगधन्दाहरू बनाउने होइन, भएको उद्योगधन्दाहरु निजीकरण गर्ने इन्डियाको निर्देशनमा । यस्तै उनले खिलराज रेग्मीलाई लक्षित गर्दै न्याय प्रशासनका व्यक्तिलाई प्रधानमन्त्री बनाए जस्तै अहिले राष्ट्रपति बनाउने कुरा धेरै जटिल विषय भएको बताए । त्यसकारण कार्यपालिका र विधायन पालिका समेतमा इन्डियाको छाया रहेको उनको आरोप थियो । ुयहाँ अन्तर्राष्ट्रिय छाया परेको हुनाले देशलाई अझ संकटमा पुर्‍याउने सम्भावना भएको हुनाले संघर्षको निम्ति सधैँ तयार हुन म उपस्थिति साथीहरुलाई भन्न चाहन्छु,’ बिजुक्छेले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu