ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीकै अग्रसरतामा प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने प्रयास


admin
११ माघ २०७४, बिहिबार   ९ : ०५   बजे

काठमाडौं, ११ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाकै सक्रियतामा नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने सक्रियता बढेको छ । त्यसका लागि अध्यादेशमार्फत ऐन संशोधनको तयारी समेत भइरहेको छ ।

यसरी ऐन संशोधन हुँदा नेपाल प्रहरीको नेतृत्व चयनमा समेत ठूलो चलखेल गर्न सकिने अभिप्रायबाट नयाँ अध्यादेशको तयारी भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

आगामी चैत २८ मा अवकाश पाउन लागेका केही उच्च प्रहरी अधिकृतको ‘स्वार्थ’ मा प्रधानमन्त्री देउवाले नै यसमा अग्रसरता लिएका छन् । ३० वर्षे सेवा अवधि हटाउने व्यवस्थासहितको प्रस्तावित संघीय प्रहरी ऐन अध्यादेश मन्त्रिपरिषद्बाट पारित गराउन छलफल सुरु भएको छ । अध्यादेश जारी भए प्रहरी नियमावलीमा रहेको ३० वर्षे सेवा अवधिको व्यवस्था खारेज हुनेछ ।

प्रहरी नियमावली, २०४९ ले ३० वर्ष सेवा अवधि पुगेपछि प्रहरीले अनिवार्य अवकाश पाउने व्यवस्था गरेको छ । तर, प्रस्तावित संघीय प्रहरी ऐनको अध्यादेशमा पदावधि र ५८ वर्षको उमेर हदका कारण मात्रै अवकाश पाउने व्यवस्था छ । अध्यादेशमा प्रहरी महानिरीक्षकका लागि तीन वर्ष, अतिरिक्त प्रहरी महानिरीक्षकका लागि दुई वर्ष र नायब प्रहरी महानिरीक्षकका लागि चार वर्ष पदावधि प्रस्ताव गरिएको छ । सरकारले अध्यादेश पारित गरे अवकाशको मुखमा रहेका उच्च प्रहरी अधिकृतहरूको करिब दुई वर्ष सेवा अवधि थप हुनेछ । त्यसैले पनि २८ चैतमा अवकाश पाउन लागेका वर्तमान महानिरीक्षक प्रकाश अर्यालका ब्याची १६ जना एआईजी अध्यादेश जारी गराउने ‘दौडधुप’ मा सक्रिय छन् ।

३० वर्षे सेवा राख्ने र हटाउने विषयमा प्रहरी अधिकृतहरूबीच मतैक्य नभए पनि कामचलाउ सरकारबाट भइरहेको पछिल्लो कसरतलाई स्वाभाविक मानिएको छैन । नयाँ सरकार बन्न केही दिन मात्र बाँकी रहेको अवस्थामा कामचलाउ सरकार आफैं प्रहरी संगठनभित्र दीर्घकालीन असर पार्ने किसिमको निर्णयका लागि उद्यत हुनुलाई ‘शकांस्पद’ मानिएको हो ।

केही उच्च प्रहरी अधिकृत नयाँ सरकार बन्ने क्रममा रहेका बेला यस्तो संवेदनशील विषय अघि बढाउनुका पछाडि ‘ठूलो कारोबार’ को हात रहेको दाबी गर्छन् ।
‘यसका राम्रा र नराम्रा दुवै पक्ष होलान्, तर अहिले ३० वर्षे हटाउने कसरत हुनुका पछाडि सही नियत छैन, केही स्वार्थप्रेरित अधिकृतहरूको चलखेलको परिणाम हो,’ ती अधिकृतले भने, ‘आफूलाई टिकाउन दरबन्दी थप्ने र कायम गराउने नेतृत्वको निरन्तरता हुनु दुर्भाग्य हो ।’ नेतृत्वमा को पछाडि पर्छ भन्दा पनि प्रहरी संगठन थप दुई वर्ष बन्धक बन्ने ती अधिकृतको चिन्ता छ । ‘चलखेल’ गरेर पदावधि थप्दै राज्यकोषमाथि अनावश्यक भार थप्न उद्यतबाट भइरहेको ३० वर्षे हटाउने कसरतलाई स्वाभाविक मान्न नसकिने ती अधिकृत बताउँछन् ।

अध्यादेश जारी भए गृह मन्त्रालयको संगठन तथा व्यवस्थापन समिति ९ओएनएम० ले खारेज गर्न सिफारिस गरेको हाल सात प्रदेशमा रहेको एआईजीहरूको दरबन्दीसमेत कायम रहनेछ । जसबाट राज्यकोषमाथि वार्षिक करोडौंको व्ययभार थपिनेछ । प्रदेश तहमा विशिष्ट श्रेणी तहका एआईजीहरू राख्दा प्रदेशको गृह प्रशासनको नेतृत्व गर्ने सम्बन्धमा पनि जटिलता आउने देखिन्छ । किनकि प्रदेशका मन्त्रालयहरूको नेतृत्व प्रथम श्रेणीका सहसचिवलाई प्रदेश सचिवको पद दिने सरकारको तयारी छ ।

प्रस्तावित अध्यादेशमा नेतृत्व तहको पदावधि नतोकी नियमावलीको ३० वर्षे सेवा अवधिको व्यवस्था मात्र हटाउने कसरत पनि हुन सक्नेतर्फ एक जना प्रहरी अधिकृत चिन्ता व्यक्त गर्छन् । त्यसो भएमा हाल दोस्रो तहमा रहेका अधिकृतहरू नेतृत्व तहमा पुग्नै नपाई अवकाश पाउने छन् । यसले प्रहरी संगठनभित्र ठूलो निराशा निम्त्याउने ती अधिकृतले बताए । ‘आईजी, एआईजीपी र डिआईजीलगायतको पदावधि तोकेर ३० वर्षे सेवा अवधि हटाइन्छ भने त्यसले संगठनलाई क्षति पुर्‍याउँदैन तर त्यसो नगरी ३० वर्षे मात्र हटाइयो भने त्यो पूरै संगठनका लागि दुर्भाग्य हुनेछ,’ ती अधिकृतले भने ।

तर, गृह मन्त्रालयका उच्च अधिकारीले नेपाल प्रहरीभित्रको वृत्तिविकासमा कुनै अवरोध नल्याउने गरी ३० वर्षे सेवा अवधिको व्यवस्था हटाउन छलफल अघि बढेको जानकारी दिए । गृहसचिव मोहनकृष्ण सापकोटाले समेत ३० वर्षे सेवा अवधि हटाउने विषय छलफलका क्रममा रहेको जानकारी कान्तिपुरलाई दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group