ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस संसदीय दलको चुनाव तत्कालै गर्ने देउवाको तयारी


एबीसी / संवाददाता
३ पुस २०७९, आइतबार   २ : ४०   बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको निर्वाचन तत्कालै गर्ने तयारी थालेका छन्।

संस्थापन इतरबाट डा। शेखर कोइराला र महामन्त्री गगन थापाहरुले दलको नेताका लागि दबाब बढाउन थालेपछि देउवाले यस्तो तयारी थालेका हुन्।

कांग्रेसले संसदीय दलको निर्वाचन तयारीका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतवार बस्दै छ।

उक्त बैठकले दलको निर्वाचनका लागि निर्वाचनमण्डल बनाउन सक्नेछ। उक्त निर्वाचनमण्डल बनाएपछि सभापति देउवा सोमबार या मंगलबार नै संसदीय दलको चुनाव गर्ने तयारीमा जुटेका हुन्।

‘सभापतिजीले भोलि नै दलको चुनाव गराउने प्रयास गर्नु भएको छ’, देउवानिकट एक नेताले भने, ‘चुनावमा जाँदा हाम्रो दलको एउटा प्रक्रिया छ। निर्वाचनमण्डल बनाएपछि त्यसले मिति तोक्ने गर्छ। त्यसो गर्दा पर्सिसम्म चुनाव हुन्छ होला।’

आइतबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाइएको छ।

प्रधानमन्त्री समेत रहेका देउवाले शनिबार नवनिर्वाचित सांसदहरुलाई बालुवाटार बोलाएर बधाई दिइसकेका छन्।

त्यसपछि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो। नयाँ सरकार बन्ने रस्साकस्सी चलिरहँदा कांग्रेसमा संसदीय दलको नेताबारे अझै सहमति भएको छैन।

संस्थापनबाट देउवा फेरि प्रधानमन्त्रीको दौडमा छन्। त्यस्तै इतरबाट कोइराला र थापाले पनि संसदीय दलको नेताका रुपमा आफूलाई अघि सारेका छन्।

कांग्रेसका महामन्त्री थापा आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेर काठमाडौं ४ बाट चुनाव जितिसकेका छन्। उता मोरङ ६ बाट विजयी शेखरले पनि संसदीय दलमा जाने योजना बनाएका छन्।

तर एकै गुटका यी दुईजनाबीच सहमति जुट्न नदिने रणनीतिसहित देउवाले तत्कालै दलको निर्वाचन गराउन चाहेका छन्। यी नेताबीच कुरा नमिलेमा आफू पनि दलको नेतामा उठ्न सक्ने भनाइ उपसभापति धनराज गुरुङले सार्वजनिक गरेका छन्।

निर्वाचन आयोगले मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम परिणामको प्रतिवेदन बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाइसकेको छ।

आयोगले निर्वाचनको अन्तिम परिणामबारे उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि औपचारिक रुपमै जानकारी गराइसकेको छ।

संविधानले प्रतिनिधि सभाको अन्तिम मतपरिणाम घोषणा भएको ३० दिनभित्र प्रधानमन्त्री नियुक्त हुनुपर्ने व्यवस्था गरेको छ। त्यही व्यवस्था बमोजिम अब राष्ट्रपतिबाट केही दिनमा दलहरुलाई सरकार गठनका लागि आह्वान हुने छ।

यस्तोमा दलहरु नेता चयनमा जुट्न थालेका छन्। दलको नेताका लागि एमालेबाट केपी शर्मा ओली, माओवादी केन्द्रबाट पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीमा राजेन्द्र लिङ्देन, जनता समाजवादीमा अशोक राई र एकीकृत समाजवादीमा माधवकुमार नेपाल निश्चित जस्तै छन्।

तर सबैभन्दा चुनौती कांग्रेस सभापति देउवालाई छ। उनी यस पटक पनि दलको नेता भएर छैटौँ पटक प्रधानमन्त्री हुने दाउमा छन्। संस्थापन इतरमा विभाजन देखिएकाले दलको नेतामा देउवा सजिलै विजयी हुने सम्भावना छ।

राष्ट्रपति भण्डारीबाट नयाँ सरकार गठनका लागि आह्वान हुने दिन नजिकिँदै जाँदा कांग्रेसको संस्थापन इतर समूहले दलको नेताका लागि उम्मेदवार टुंग्याउन सकेको छैन। यही अवसरलाई उपयोग गर्दै देउवा तत्कालै दलको नेताको चुनाव गराउने तयारीमा लागेका हु्न्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group