ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्किङको विषयमा अनामनगरमा तनाव


एबीसी / संवाददाता
३ पुस २०७९, आइतबार   ३ : ५३   बजे

काठमाडौं, ३ पुस। काठमाडौंको अनामनगरमा पार्किङको विषयमा तनाव सिर्जना भएको छ ।निजी जग्गामा पार्किङ गरी राखिएका सवारी साधन काठमाडौं महानगरपालिकाले जबरजस्ती उठाएको भन्दै स्थानीय व्यवसायीहरुले विरोध गर्नेक्रममा अनामनगर क्षेत्रमा तनाव सिर्जना भएको हो ।महानगरले भने सडक पेटीमा अनधिकृत रुपमा राखिएका मोटरसाइकल उठाउने क्रममा स्थानीय व्यवसायीले अवरोध गर्न खोज्दा केहीबेर तनाव सिर्जना भएको बताएको छ ।

अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडिको सडक पेटीमा, आफ्नै पसलको सटरछेउमा राखिएका मोटरसाइकल जबरजस्ती उठाएको भन्दै विरोध भएको हो । स्थानीय व्यवसायीले निजी क्षेत्रमा पार्किङ गरिरहेको सवारी साधन महानगरले जबरजस्ती उठाएको आरोप लगाएका छन् ।

सडक पेटीमा ट्राफिक प्रहरीले एकलाइन पार्किङ गर्न दिए पनि महानगर प्रहरीले बल प्रयोग गरेर सवारी उठाएको उनीहरुको गुनासो छ ।‘एक हप्ता अगाडिसम्म महानगर प्रहरीले एकलाइन पार्किङ गर्न मिल्ने भन्दै, पार्किङ गर्न दिइरहेको थियो । ट्राफिक प्रहरी दैनिक जो हिंड्छन्, केही भनेको छैन तर एक्कासी महानगर प्रहरी आएर ज्यादति गर्न मिल्दैन नि’ नगरप्रहरीसँग विवाद गरिरहेका एक व्यवसायीले भन्नुभयो। सो क्षेत्रका व्यवसायीले एकलाइन पार्किङ सडक र सडक पेटी दुवै क्षेत्रलाई असर नगरेको भन्दै महानगरले अनावश्यक रुपमा ज्यादती गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu