ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दलहरु शक्ति बाँडफाँट केन्द्रित , टुङ्ग्याउन सत्ता गठबन्धनलाई सकस


एबीसी / संवाददाता
४ पुस २०७९, सोमबार   १० : २१   बजे

काठमाडौं, ४ पुस ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा दाबी पेस गर्न एक हप्ताको समय दिएसँगै दलहरु शक्ति बाँडफाँट टुङ्गोमा पुर्याउन केन्द्रित भएका छन् ।

सत्तागठबन्धनमा रहेका दलहरूले आ–आफ्नो संसदीय दलको नेता चयन र शक्ति बाँडफाँटको विषयलाई एक साथ अगाडि बढाउन जुटेका छन् । संविधानको धारा ७६ को उपधारा ९१० बमोजिम कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएको अवस्थामा धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट हिजो नयाँ प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान भएको छ ।

तोकिएको समयमा दाबी पेस नभएर दलहरूले समय मागे केही दिन समय थप्ने अभ्यास छ । दलको नेता चयन गर्न कांग्रेसले पर्सि संसदीय दलको बैठक बोलाएको छ । एकीकृत समाजवादीले आजका लागि दलको बैठक बोलाएको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीमा अध्यक्ष माधवकुमार नेपाल दलको नेता हुनेमा निश्चित जस्तै छ । कांग्रेसमा दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेता शेखर कोइरालालगायतले दाबी गर्दै आएका छन् ।

कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको निर्णय नै गरेर गठबन्धनमा रहेका दल तथा अन्य दलसँग आवश्यक छलफल थालिसकेको छ । सत्ता गठबन्धनमा आबद्ध माओवादी केन्द्रले नवनिर्वाचित सांसदहरुको शपथग्रहणपछि मात्र सरकार गठनलगायतका प्रक्रिया अघि बढाइनुपर्ने औपचारिक निर्णय गरेको छ ।

गठबन्धनका कांग्रेस र माओवादीले राष्ट्रपति र प्रधानमन्त्रीमा दाबी गरे पनि शक्ति बाँडफाँट पेचिलो बन्दै गएको छ । यस्तै, एकीकृत समाजवादीले पनि राष्ट्रपतिमा दाबी गरिरहेकाले सहमति जुटाउन गठबन्धनका दलहरुलाई चुनौती छ ।

सत्तारूढ गठबन्धनभित्र शक्ति बाँडफाँटमा सहमति नभए नयाँ सरकार गठनको विकल्प दिने योजनासहित दोस्रो ठूलो दल नेकपा एमालेले पनि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग अनौपचारिक छलफल अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu