ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश एकमा भाग्यमानी निर्मला, जता गयो उतै रोजेको मन्त्रालय


एबीसी / संवाददाता
५ पुस २०७९, मंगलबार   ८ : ०९   बजे

विराटनगर, ५ पुस । नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै प्रदेशदेखी संघीय सरकारसम्म आफ्नो पक्षमा सरकार बनाउन दलहरू लागि परेका छन् । प्रदेश १ मा पनि दुई समूह सरकार गठनको अन्तिम कसरतमा छन् ।

एकातर्फ सत्ता गठबन्धनले तयारी गरिरहेको छ भने अर्कातर्फ नेकपा एमाले राप्रपाको गठबन्धनले तयारी गरेका छन् । तर, यी दुई समूहलाई निर्णायक भने जनता समाजवादी पार्टी देखिएको छ । एक सिट मात्रै पाएको जसपालाई आफ्नो पक्षमा तान्न दुवै पक्षका नेताहरूले लबिङ गरिरहेका छन् ।

९३ सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनको ४६ र एमाले र राप्रपा गठबन्धनमा पनि ४६ सदस्य छन् । सरकार गठन गर्न ४७ सांसदको आवश्यक पर्छ । बहुमत कसैको नभएको अवस्थामा एक सिट जितेको जसपा निर्णायक हुने देखिएको छ । जसपाले जुन समूहलाई सहयोग बन्छ उसैको नेतृत्वमा मुख्यमन्त्री सहितको सरकार बन्नेछ ।

समानुपातिकबाट निर्वाचित जसपाका सांसद निर्मला लिम्बु अहिले कुनै निर्णयमा नपुगेको बताउँछिन् । दुवैतर्फका नेताहरूसगँ संवाद भइरहेको भए पनि आफू पार्टीको सिपाही भएकाले पार्टीको आधिकारिक धारणापछि मात्रै टुङ्गो लाग्ने उनको भनाई छ ।

विशेष गरी आफ्नो पार्टीको मुख्य उद्देश्य पहिचान र संघीयताको पक्षमा रहेकाले एमाले नेतृत्व होस् या कांग्रेस नेतृत्व जुनले निरन्तरता दिन्छ उसैलाई समर्थन गर्ने तयारी पार्टीको रहेको समेत लिम्बुको जोड छ ।

उनले आफूलाई मन्त्रालय छान्नसमेत दुर्वतर्फबाट आएको बताइन् । तर, पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरी मन्त्रालयको लोभमा नपर्ने लिम्बुको भनाई छ ।

नेकपा एमालेतर्फका प्रदेश सदस्य बुद्धिराज भण्डारी प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउन लागि परेको दाबी गर्छन् । उनले एमाले ४०, राप्रपा ६ र जसपाको १ सिटले बहुमत पुग्ने बताउँदै जसका नेतासगँ छलफल भइरहेको बताए । उनले पार्टीको शीर्ष नेतृत्वमा भर पर्ने बताउँदै सङ्घीय सरकार कसरी बन्छ त्यही अनुसार प्रदेश बन्ने बताए ।

नेपाली कांग्रेस प्रदेश एक सभापति उद्धव थाले जसपासँग प्रदेश स्तरमा छलफल भइरहे पनि केन्द्रीय नेतृत्वले नै सरकार गठनको निर्णय गर्ने बताए । उनले प्रदेश स्तरका नेतासगँ पनि छलफल भइरहेको भए पनि संघीय सरकार अनुसार प्रदेश सरकार निर्धारण हुने बताउँछन् । ‘हामीले पनि छलफल गरी रहेका छौँ । तर, अन्तिम निर्णय भने केन्द्रीय स्तरमै हुन्छ । त्यसैले सरकार कसको यसै भन्न सक्ने स्थिति छैन,’ थापाले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu