ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सांसदले पाउँछन् औषधिउपचारदेखि घरभाडाबापत यस्तो सुविधा (भिडियोसहित)


एबीसी / संवाददाता
७ पुस २०७९, बिहिबार   ११ : १९   बजे

काठमाडौं, पुष ७ ।

प्रतिनिधि सभामा सदस्यमा दुई सय ७५ जना सांसद निर्वाचित छन् । निर्वाचित सांसदले मासिक तलबभत्ता ६६ हजार ७० रुपैयाँसहित विभिन्न सेवा, सुविधा पाउँनेछन् । संघीय संसद सचिवालयले ज्येष्ठ सदस्यको शपथ ग्रहण लगायत सर्वदलीय बैठकको तयारी अघि बढाएको जनाएको छ । निर्वाचन आयोगले दिएको निर्वाचित सांसदको उमेरको आधारमा ज्येष्ठ सदस्यलाई सबैभन्दा पहिले राष्ट्रपतिले शपथ गराउने व्यवस्था छ । त्यसपछि, सबै दलहरुसँग सम्पर्क स्थापित एवम् बैठकको तयारी संसद सचिवालयले गर्छ । संसदको बैठक पुषभित्रै बसिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को २ बमोजिम दुई वा दुईभन्दा बढि दलहरु मिलेर सरकार गठन गर्ने अवस्थामा पुष १० गतेभित्र सरकार गठनको प्रक्रिया अघि बढाउन आव्हान गरिसकेको अवस्था छ ।

शपथको दिन कानुनको संग्रह, डायरी, झोला, कलम, शपथ राख्ने फाइल दिइनेछ । विगतमा सांसदको झोला दाताको सहयोगमा वितरण गर्ने गरिएकोमा यो पटक भने कुनै दातालाई गुहारिएको छैन । सांसदलाई दिइने डायरी छुट्टै छापिएको सचिवालयले जनाएको छ । सांसदलाई मासिक अथिति सत्कार भत्ता उपलब्ध गराइनेछ । नवनिर्वाचित सांसदले संसदमा जनताका आवाज उठाउने प्रतिबद्धता विजयपछि जनाउदै आएका छन् ।

काठमाडौं उपत्यकामा घर नभएका प्रत्येक सांसदले घरभाडाबापत मासिक १८ हजार रुपैयाँ, घर हुने सांसदले घर मर्मत सम्भारबापत मासिक ८ हजार रुपियाँ पाउनेछन् । बिजुली, पानी, टेलिफोन, पत्रपत्रिकाबापत मासिक ३ हजार पाउनेछन् । इन्टरनेटसहित एउटा टेलिफोन लाइन जडान गर्न लाग्ने धरौटी तथा अन्य खर्च पनि सचिवालयले उपलब्ध गराउनेछ । सांसद बिमारी परेको खण्डमा सरकारकै खर्च हुन्छ । नियमित सेवन गर्नुपर्ने औषधि खर्च पनि सचिवालयले उपलब्ध गराउनेछ । निर्वाचित प्रतिनिधिले चुनावअघि जनतासामु व्यक्त गरेका प्रतिबद्धता पुरा गर्न संसदलाई चुस्त, दुरुस्त ढंगबाट अघि बढाउनुपर्ने बताएका छन् ।

सांसदले नियमित पारिश्रमिकबाहेक थप रकम चाहिएमा आफूले पाउने तलबको बढिमा तीन महिनाको तलबबापतको पेस्की पाउने व्यवस्था छ । बैठक बस्दा दैनिक एक हजार यातायात खर्च र एक हजार बैठक भत्ता दिइन्छ । सत्ता पक्षको नेता, विपक्षी दलका नेता, प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापतिले गाडी सुविधा पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group