ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२६ सांसदले १४ मातृभाषामा शपथ लिँदै


एबीसी / संवाददाता
७ पुस २०७९, बिहिबार   १ : ०२   बजे

काठमाडौं, ७ पुस । प्रतिनिधिसभाका २६ सांसदले विभिन्न १४ मातृ भाषामा शपथ लिने भएका छन् । उनीहरूले मंगलबार संसद् सचिवालयमा आफ्नो मातृभाषामा शपथ लिने भन्दै निवेदन दिएका थिए ।

उनीहरूले भोजपुरी, हिन्दी, उर्दू, थारु, तामाङ, नेपाललगायत विभिन्न १४ मातृभाषामा शपथको लागि निवेदन दिएका हुन् । मातृभाषामा शपथको लागि निवेदन दिनेहरूमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतदेखि स्वतन्त्र सांसद लालवीर चौधरीसम्म छन् ।

जनमत पार्टीका अध्यक्ष सिके राउत, विनिताकुमारी साह र अनिता देवीले मधेशी भाषामा शपथका लागि निवेदन दिएका छन् भने जनमतकै अर्की सांसद सोनु मुर्मुले सन्याली भाषामा शपथको लागि निवेदन दिएकी छन् । माओवादी केन्द्रका सांसद महिन्द्र राय यादवले मात्र हिन्दी भाषामा शपथ लिने भएका छन् ।

यता, नागरिक उन्मुक्तिका रन्जिता श्रेष्ठ, अरुणकुमार चौधरी, गंगाराम डगौराले थारु भाषामा शपथ लिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका अशोककुमार चौधरी, माओवादी केन्द्रकी रुपा सो. सि. चौधरी र स्वतन्त्र सांसद लालवीर चौधरीले पनि थारु भाषामै शपथ लिनेछन् । जनता समाजवादी पार्टीकी सांसद रन्जुकुमारी झा र राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झाले मैथिली भाषामा सांसदको शपथ लिनेछन् ।

जसपाकै प्रदीप यादव र रामसहायप्रसाद यादव र माओवादी केन्द्रकी उमरावती देवी यादवले भोजपुरी भाषामा शपथ लिनेछन् । तामाङ भाषामा शपथको लागि निवेदन दिनेहरूमा माओवादी केन्द्रका हितबहादुर तामाङ, मीना तामाङ र सूर्यमान तामाङ दोङ रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुमना श्रेष्ठले नेपाल भाषा, असिम साहले मुस्लिम/नेपाली भाषामा  शपथ लिने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकै लक्ष्मी तिवारीले अवधि भाषामा शपथका लागि निवेदन दिएकी छन् ।

कांग्रेसकी कान्तिका सेजुवालले नेपाली खस भाषामा शपथ लिने भएकी छन् । एमालेका सराज अहमद फारुकीले उर्दू भाषामा शपथ लिने भएका छन् । सांसद दुर्गा राईले कोई/कोयू भाषामा शपथ लिँदैछन् । स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृतमा शपथ लिँदैछन् ।

४ मंसिरमा सम्पन्न प्रतिनिधसभा निर्वाचनबाट विजयी भएका सांसदहरूलाई आज १ बजे बानेश्वरस्थित संसद भवनमा सपथ गराइदै छ । संसदमा रहका सबैभन्दा जेष्ठ सांसद पशुपति शमशेर जबराले सपथ गराउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu