ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भावी राष्ट्रपतिमा माधव नेपालको नाम ‘इन्ट्री’


एबीसी / संवाददाता
७ पुस २०७९, बिहिबार   ७ : २६   बजे

काठमाडौं, ७ पुस । भावी राष्ट्रपतिका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामले प्रवेश पाएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सांसदहरूले भावी राष्ट्रपतिको रुपमा नेपालको नाम प्रवेश गराएका हुन् ।

अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाएका हुन् । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा पनि छलफल भइरहेको छ,’ शर्माले खुलासा गरे । उनले सो छलफलमा कांग्रेस सांसद रामचन्द्र पौडेलको पनि नाममा छलफल भएको जनाएका छन् ।

उता, सपथ समारोहमा सहभागीतापछि स्वयं नेपालले पनि भावी राष्ट्रपतिको रुपमा आफ्नो नाममाथि छलफल भइरहेको संकेत गरेका छन् । उनले ०६४ र ०७० मा पनि राष्ट्रपतिका लागि आफ्नो नाममा छलफल भएको जनाउँदै ‘उमेर पुगेको’ टिप्पणी गरेका छन । तर, सञ्चारकर्मीले भावी राष्ट्रपतिमा तपाईको नाम चर्चामा आएको छ भन्ने प्रश्न गर्दा भने, ‘त्यस्तो अप्ठयारो प्रश्न नगर्नुहोस् न’ भनेर छलफल भईरहेको बिषयलाई पुष्टि गरेका छन् ।

यद्यपि, उनले आफू अझै सक्रिय राजनीतिमा सहभागी हुने भन्न चाही छुटाएनन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu