काठमाडौं ७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पसत्तारुढ गठबन्धनलाई अघि बढाउन पहिलो कार्यकाल आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न सत्ता गठबन्धनभित्र प्रस्ताव गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रचण्ड सहित सत्ता गठबन्धनका तीन शीर्ष नेताबीचको बैठकमा प्रचण्डले माओवादीको तर्फबाट प्रधानमन्त्री, कांग्रेसको तर्फबाट राष्ट्रपति र एकीकृत समाजवादीको तर्फबाट सभामुख पदमा शक्ति बांडफांट गर्नु पर्ने प्रस्ताव गरेका छन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलका क्रममा प्रचण्डले नयां सत्ता गठबन्धनका बारेमा औपचारिक प्रस्ताव गरेको प्रचण्ड निकट सस्रोतले जनाएको छ । प्रचण्डको प्रस्तावमाछलफल गर्न सकिने जवाफ कांग्रेस सभापति देउवाले दिएका छन् ।
यस्तै बैठकमा राजकीय अन्य पदमा भागबण्डाका विषयमा पनि सामान्य छलफल भएको थियो । प्रचण्डको सचिवालयले आज सामान्य छलफल भएको र शुक्रबार फेरि बैठक बसेर थप छलफल हुने जनाएको छ ।
स्रोतका अनुसार माधव नेपालले ५ वर्षै संसदको कार्यकाल मध्ये १ वर्ष आफूलाई पनि प्रधानमन्त्री बनाउनु पर्ने माग गर्दै आएका छन्। । नयां सत्ता समिकरणका बारेमा वाम गठबन्धन बनाउने गरी पनि संसदको दोस्रो ठूलो दल एमालेले पनि पहल गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्