ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सार्वजनिक सम्पत्ति जति लुटे पनि हुन्छ भन्ने गतिलो उदाहरण ल्याबरोटरी उच्चमाविले त्रिविको जग्गा कब्जा गरेर यस्तो नजिर स्थापित गर्यो (भिडियोसहित)


एबीसी / संवाददाता
७ पुस २०७९, बिहिबार   ९ : १९   बजे

काठमाडौं ७ पुस । देशकै सबैभन्दा जेठो विश्वविद्यालय । त्रिभुवन विश्वविद्यालय । उच्च शिक्षाको भरपर्दो माध्यम । विक्रम संवत् २०१६ सालमा स्थापना भएको यो विश्वविद्यालयले हजारौं जनशक्ति उत्पादन गरेको छ । विश्वविद्यालयबाट उत्पादित जनशक्ति विश्वका उत्कृष्ठ विश्वविद्यालयहरुदेखि अनुसन्धान केन्द्रसम्म सक्रिय रहेका छन् । यो विश्वद्यालयले वैज्ञानिकहरु उत्पादन गरेको छ, अनुसन्धानकर्ता जन्माएको छ । हजारौं शैक्षिक जनशक्ति उत्पादन गरेर देशको माग पनि धानेको छ । तर, विश्वविद्यालयको शैक्षिक हैसियत पछिल्ला दिनमा एकपछि अर्को गर्दै कमजोर बन्दै गएको छ । कमजोरीमा विश्वविद्यालयको के दोष होस । कमजोरी त विश्वविद्यालय संचालन गर्नेहरुको छ । १५४.७७ हेक्टर क्षेत्रफलमा फैलिएको त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय कार्यालयले आफ्नो स्वामित्वमा रहेको जग्गा सम्हाल्न नसक्दा एकतिहाइ क्षेत्रफल अतिक्रमणमा परेको  छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा १ सय ९ रोपनी क्षेत्रफलमा फैलिएको जग्गा एउटा निजी विद्यालयले कब्जा गरेको धेरै वर्ष बितिसकेको छ । पहुँच, पावर र पैसा भएपछि सार्वजनिक सम्पत्ति जति लुटे पनि हुन्छ भन्ने गतिलो उदाहरण त्रिवि परिसरको यो जग्गा बनेको छ । करिब ५० बर्षदेखि ल्याबरोटरी उच्चमाविले त्रिविको जग्गा कब्जा गरेर यस्तो नजिर स्थापित गरेको हो । त्रिविले ल्याबरोटरी स्कुललाई जग्गा खाली गरिदिन पटक–पटक निर्देशन दिएको छ ।

तर, उच्चमाविले कुनै हालतमा ठाउँ नछाड्ने अडान लिएर त्रिवि परिसरभित्रै रहेका भवनहरु कब्जा गरेर विद्यालय सञ्चालन गर्दै आएको छ ।लामो समयदेखि त्रिविको जग्गा हडप्न दिने र भाडामा लगाउने काम त्रिविका पदाधिकारी, प्राध्यापक संघ र कर्मचारी संघको मिलेमतोमा हुदै आएको छ । त्रिभुवन विश्वविद्यालयको पूर्ण स्वामित्वमा रहेको जमिन अपचलन श्रृंखलामा जोडिएको अर्को ठूलो शैक्षिक तथा राजनीतिक गिरोह, जसले त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको १ सय १२ रोपनी जग्गा वर्षौंदेखि दबाब र प्रभावमा कब्जा गरिरहेको छ । यो राजनीतिक आडमा सार्वजनिक सम्पत्ति जति लुटे पनि हुन्छ भन्ने गतिलो उदाहरण हो । त्रिभुवन विश्वविद्यालयका नाममा २०३३ सालपछि, विभिन्न स्थानमा जोडिएको जमिन अहिले भूमाफियादेखि विश्वविद्यालय कै कर्मचारी र प्राज्ञिक जनशक्ति प्राध्यापकहरूले ठेक्का पट्टामा लगाएर मनोमानी गरिरहेका छन् । यसरी विश्वविद्यालयको नाममा रहेको सम्पत्ति अपचलन अथवा दुरुपयोग गर्नेको सूची लामो छ । त्यसमा पनि विश्वविद्यालयको साख बढाउन अहोरात्र खटिनुपर्ने प्राध्यापक अथवा कर्मचारीले झनै खुलेआम विश्वविद्यालयको सम्पत्तिमा रजाँई गरिरहेका छन् ।

शैक्षिक माफियाको रजगज त झनै डरलाग्दो छ । पञ्चायतकालमा १२ वटा भवन अमेरिकी सरकारको सहयोगमा शिक्षा शास्त्र संकायमा अध्यन गर्ने स्नातक तथा स्नात्तकोत्तर तहका विद्यार्थीको प्रयोगात्मक कक्षा सञ्चालनका लागि निर्माण भएकाले ल्याव भवनका रूपमा नामकरण गरिएको थियो। सोही संरचना कब्जा गरेर एउटा राजनीतिक तथा शैक्षिक गिरोहले यी भवन त्रिविको पहुँचबाट फुत्काउने काम ग¥यो । त्यसपछि हालका प्रधानमन्त्रीको कार्यालयका मन्त्री उमेश श्रेष्ठको स्वामित्वमा रहेको लिटिल एन्जेल्स स्कुलकै व्यवस्थापनले २०६० साल यता ल्याबरोटरी उच्चमावि सञ्चालन गरिरहेको छ । उच्चमावि र त्रिविको यो विद्यालयमा कुनै सम्बन्ध छैन । सम्बन्ध मै नभएको निजी स्कुलले भोगचलन गरिरहेको विश्वविद्यालयको सम्पत्ति तत्काल फिर्ता लिनुपर्ने देखिन्छ । त्रिभुवन विश्वविद्यालयलाई शिक्षाको मन्दिर नबनाउंदासम्म यसरी नै शक्ति पहुमा भएकाहरुले जग्गा यसरी नै कब्जा गर्ने छ । र यस्तो अराजकता कायमै रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज सुनको भाउ तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

सम्बन्धित

कर्णालीमा नयाँ सरकार गठन प्रक्रिया सुरु, मुख्यमन्त्रीका लागि दाबी आह्वान

भोलि उद्घाटन हुँदै नागढुंगा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा आकस्मिक सवारीलाई मात्रै अनुमति

कोशीमा कार्की कि मेन्याङ्बो ? एमालेभित्र मुख्यमन्त्रीको दौड

डा. गोविन्द केसीसँग आज औपचारिक वार्ता, सरकारको टोली धनगढीमा

एमाले–नेकपाबीच प्रदेशमा सत्ता साझेदारी, पाँच प्रदेशको नेतृत्व टुंगियो

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले दिए राजीनामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu