ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही (भिडियोसहित)


एबीसी / संवाददाता
८ पुस २०७९, शुक्रबार   ९ : ०१   बजे

काठमाडौं, ८ पुस । नेपालको सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय वेवारिसे अवस्थामा छ । विंसं २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयको शैक्षिक अवस्था लथालिङग छ । व्यवस्थापन गर्न पुगेका पदाधिकारी कर्मचारी, पढाउने शिक्षक र पढन गएका विद्यार्थी चरम राजनीतिक खेलमा मुछिदा विश्वविद्यालयको गरिमामाथि बिस्तारै धब्बा लाग्दै गएको छ । प्राज्ञिक थलोमाथि गलत राजनीतिको बाछिटाले लपेदिदा विश्वविद्यालयको शैक्षिक अवस्था धरासयी बन्दै गएको छ ।

उच्च शिक्षा र ज्ञानसहितको जनशक्ति उत्पादन गरी समुन्नत समाजको निर्माणमा टेवा पु¥याउने उद्देश्यले वि.सं. २०१६ सालमा स्थापना भएको त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय बेथितिले भरिएको छ । देशको शिक्षाको नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने विश्वविद्यालय पछिल्लो समय चरम राजनीतिका कारण आफ्नो लक्ष्यमा कमजोर बन्दै गएको हो । मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहा पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन् । मार्कसिट र ट्रान्सक्रिप्टमा पटकपटक दोहोरिने लापर्बाही, कर्मचारीको ढिलासुस्ती, सेवाग्राहीलाई हेयको भावले हेर्ने प्रवृत्ति, लामो लाम, कामको चाप यसका मुख्य विशेषता हुन् ।

परीक्षा लिएको ३ महिना भित्रै नतिजा प्रकाशन गर्छौ“ भनेर दाबी गरे पनि त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ३ महिना भित्र नतिजा त परको कुरा परीक्षा दिएको उत्तरपुस्तिका समेत जम्मा गरेर भ्याउँदैन । अझ रोचक त, मंगलवार मात्रै त्रिविले निकालेको सूचनामा छ, जहाँ स्नातकको नतिजा सार्वजनिक नगरी शैक्षिक वर्ष २०७९÷०८० का लागि स्नातकोत्तर तहको भर्ना खुलाएको छ । त्रिविको यो सूचनाले स्नातक तह अन्तिम वर्षको नतिजा कुरिरहेका विद्यार्थीहरु अन्योलमा छन् । त्रिविले प्रकाशित गरेको सूचनामा स्नातकोत्तर प्रथम सेमेस्टरमा भर्ना हुन आवेदन फारम बुझाउने म्याद पुस ६ देखि माघ ५ गतेसम्म तोकिएको छ भने माघ २२ बाट कक्षा सञ्चालन हुने उल्लेख गरिएको छ ।

शिक्षाध्यक्षको कार्यालयबाट प्रकाशित उक्त सूचनाले स्नातक तह अन्तिम वर्षको नतिजा कुरिरहेका विद्यार्थीहरु अन्योलमा छन् भने त्रिविको आफ्नै प्रणालीलाई समेत गिज्याएको छ । त्रिविले गत वर्ष माघमा गराएको बीबीएस चौथो वर्षको नजिता अझै निकालेको छैन । परीक्षा भएको १ वर्ष बितिसक्दा पनि रिजल्ट नआएपछि विद्यार्थीहरु मारमा छन् । कोभिड १९ का कारण परीक्षा एक वर्ष ढिलो भएको थियो । त्यस्तै बीए तीन वर्षको अन्तिम परीक्षा गएको फागुनमा भएको थियो । तर, अझै नतिजा प्रकाशित भएको छैन । त्यसैगरी बीएड चार वर्षको र बीएस्सी चौथो वर्षको पनि नजिता आएको छैन । परीक्षा दिएको एक वर्ष बितिसक्दा पनि नतिजा सार्वजनिक नगर्ने र नतिजा नै नआई गैरजिम्मेवारीपूर्वक भर्ना खुलाउनुले विद्यार्थीको भविष्यप्रति त्रिविले भद्दा मजाक गरेको ठान्छन् विद्यार्थीहरु । त्रिविबाट परीक्षाफल प्रकाशन हुन ढिलाइ भएको यो पहिलोपटक भने होइन । यसअघि पनि स्नातक तहको नतिजा १५ महिनासम्म प्रकाशित भएन ।

चौतर्फी दबाबपछि प्रकाशित गरिएको थियो । विद्यार्थीमात्र होइन स्नातक र स्नातकोत्तर तह सञ्चालन गर्न सम्बन्धन प्राप्त गरेका क्याम्पसहरु पनि त्रिविको यो हर्कतले आजित छन् । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुले रिजल्ट प्रकाशन गर्न नसक्नुको कारणमा जहिले पनि जनशक्ति अभावलाई देखाउने गरेको छ । नतिजा प्रकाशन गर्न उत्तरपुस्तिका जाच्ने शिक्षकहरु कम रहेको भन्दै पनिका जिम्मेवारीबाट पन्छिँदै आएको छ । पछिल्लो वर्षहरुमा त्रिभुवन विश्वविद्यालयले लिने परीक्षा प्रणालीको विश्वसनियतामाथि प्रश्न तेस्रिएको छ । केही महिना अघिमात्रै अर्थशास्त्र, राजनीति शास्त्र र व्यवस्थापन शंकायले लिने परीक्षाको प्रश्नपत्रमा गडबडी देखिएपछि वैधतामाथि प्रश्नचिन्ह गर्दै विद्यार्थीहरु आन्दोलनरत थिए । त्रिविले काट्ने प्रश्नपत्रमाथि प्रश्न उठ्दा पनि न त्रिविका जिम्मेवार अधिकारीले कारवाही प्रकृया अघि बढाउँछन् न त सम्वद्ध निकाय जबाफदेही बन्छ । प्रश्नपत्रको विश्वसनियतामाथि प्रश्न उठ्छ, विद्यार्थी आन्दोलन गर्छन् । त्यसपछि केहि दिनपछि एजेण्डा सेलाउछ । र, फेरि समस्या दोहोरिन्छ । त्रिविमा प्रश्नपत्र काट्ने शिक्षकहरुको हेलचक्याइँ र पदाधिकारीले नियमन नगर्दा समस्याले उग्ररुप लिँदै आएको छ त्रिविका अधिकारीहरु पनि प्रश्नपत्रमा देखिएको अनियमितता, विश्वसनीयता, वैधता र गोपनियतामाथि प्रश्न उठेको स्वीकार्छन् । तर, मौन बसिदिन्छन् । देशकै जेठो शिक्षण संस्था त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रतिष्ठा र विश्वास बढाउदै लैजानुपर्नेमा उल्टै बदनामी कमाउन थालेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नाइमाले बाढीपीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu