ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार गठनका लागि कांग्रेसले थाल्यो हस्ताक्षर संकलन


एबीसी / संवाददाता
९ पुस २०७९, शनिबार   १२ : ०१   बजे

काठमाडौं । प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सरकार गठनका लागि हस्ताक्षर संकलन सुरु गरेको छ ।

शुक्रबारदेखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको हो । सांसदहरूको ‍औपचारिक बैठक भने आज मध्याह्न साढे १२ बजेपछि बालुवाटारमा बोलाइएको छ ।

बैठक आज बस्ने भए पनि शुक्रबार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको थियो । स्रोतका अनुसार बाँकी रहेका सांसदहरूलाई हस्ताक्षर गर्न आज बैठक बोलाइएको हो ।

कागजमा विषय उल्लेख नगरिए पनि प्रधानमन्त्रीका लागि सांसदको संख्या पुगेको देखाउन हस्ताक्षर गराएको स्रोतको भनाइ छ ।

विषय उल्लेख नभएकोले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले भने हस्ताक्षर गरेका छैनन् ।

कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् ।

सरकार गठनका लागि यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ ५ बजेसम्म दाबी पेस गर्न समय तोकिसकेकी छन् ।

संसदमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group