ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा अल्मतको प्रधानमन्त्री बन्ने निर्णयमा : प्रचण्डका अघि देउवासमक्ष लत्रने कि चुनौति दिने विकल्प मात्र


एबीसी / संवाददाता
१० पुस २०७९, आइतबार   १० : ४९   बजे

काठमाडौ पुस १० । गठबन्धन सरकार बनाउने अन्तिम दिनमा आइपुग्दा पनि कांग्रेस सभापति पूर्व वचनवद्धताबाट पछि हट्दै जस।ी पनि प्रधानमन्त्री बन्ने निश्कर्षमा पुगेका छन् । देउवाले सत्ता गठबन्धनको छलफलको शुरुदेखि नै माओवादीले समर्थन नगरे अल्पमतको प्रधानमन्त्री बन्ने र एकमहिनाभित्र बांकी साना दलको समर्थन लिने योजनामा थिए । त्यही योजना आइतबार विहान उनको सरकारी निवासमा भएको कांग्रेस पदाधिकारीको बैठकमा जानकारी गरएका हुन् ।

हिजो शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकरात्मक नभएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नका लागि बालकोट पठाएका थिए । निधि देउवाको दूत बनेर ओलीसंग अल्पमतको सरकार बनाउंदा सघाउन अनुरोध गरेको बुझिएको छ ।
देउवाबाले यस बीचमा राप्रपा, रास्वपा र माधव नेपाललाई आफ्नो पक्षमा पारिकेको विश्वास कांग्रेस पदाधिकारीहलाई दिलाएका छन् । देउवालाई जसरी पनि प्रधानमन्त्री बनाउनु पर्ने रणनीतिक रोडम्यापमा देउवा पत्नी आरजू राणा र देउवा–आरजु र जनादर्न शर्माका साझा विचौलियाले अन्तिम जोडबल गरिरहेका छन् ।
देउवालाई दक्षिणी छिमेकीको तर्फबाट प्रचण्डलाई प्रधानमन्त्री बनाउन भन्दै अन्तिम क्षणमा निर्देशन आउने हो कि भन्ने दुविधा शनिवार राती देखि समाप्त भएको छ । पश्चिमा शक्ति केन्द्र त शुरु देखिन नै देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री नछोड्न दबाव दिंदै आएको थियो ।
माओवादी स्रोतका अुनसार जनार्दन शर्माको आरजु राणासंगको आर्थिक सम्वन्धका कारण सत्ता गठबन्धनका सन्दर्भमा उनी मौन र केवल प्रचण्डको म्यासेन्जरका रुपमा मात्र उभिएका छन् । शर्माको नतमस्तक अवस्था देखेर प्रचण्डले वर्षमान पुनलाई सत्ता गठबन्धनको रणनीति बनाउन सक्रिय बनाएका हुन् एक पदाधिकारीले भने ।
बालुवाटरमा प्रचण्डले देउवासंग कुरा गरेपछि उनले माधव नेपालसंग पनि कुरा गरेर देउवाकै कुरामा अलमलिने वा वामपन्थी गठबन्धन बनाउने भन्ने निर्णय गर्ने अधिकार (म्याण्डेट) लिएर बालुवाटार पुगेका छन् ।
एमालेअध्यक्ष केपी शर्मा ओली प्रचण्डको निर्णय कुरेर बसेका छन् । प्रचण्डले निर्णय गर्ने वित्तिकै सत सहकार्यका लागि थप समय माग्ने कि आजै प्रचण्डलाई प्रधानमन्त्रीमा प्रसस्ताव गर्ने भन्ने योजना ओलीले बनाइरहेको एमालेका ओली निकट एक पदाधिकारीले बताए ।

सम्वन्धित समाचार

सरकारका लागी प्रचण्डको ‘दोमन’ र कांग्रेसको ‘बेइमान’ ट्रेडमार्क (भिडियोसहित)

शनिबार दिनभर गठबन्धनको गन्जागोल दौड, रातभर मन्त्रणा, आज विहानैदेखि फेरि बालुवाटार, बालकोट र खुमलटार सक्रिय

देउवाको दाउः अल्पमतको प्रधानमन्त्री, विश्वासको मत लिएर दुई वर्ष प्रधानमन्त्री हुने, सांसदको डाँक बढाबढ शुरु

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group