काठमाडौं १० पुस । नयाँ सरकार गठबनका लागि आआफ्ना दावीबाट नेका र माओवादी पछि नहटेको बेला बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएको छ ।
गठबन्धनको निर्णायक बैठकअघि देउवा–दाहाल वान टु वान वार्तामा बसेका हुन् । नयाँ सरकारमा पहिलो चरणमै को प्रधानमन्त्री बन्ने भन्नेमा देउवा–दाहलबीच सहमति जुटिसकेको छैन ।
दुई जनाबीच कुनै चमत्कारिक प्रस्ताव नआएमा नेका–माओवादी सहितको ५ दलीय गठबन्धन टुट्ने र पुनः वाम नेतृत्वका नयां गठबन्धन बन्ने तयारी भएको बताइएको छ । विभिन्न शक्ति केन्द्रहरुले देउवा र प्रचण्डमाथि सत्तारुढ गठबन्धन जोगाउन भन्दै अमूर्त दबाव दिंदै आएका छन् ।
सम्वन्धित समाचार
प्रधानमन्त्रीको पहिलो कार्यकाल टुंगो लगाउने भनिएको निर्णायक बैठक बालुवाटारमा सुरू
प्रतिक्रिया दिनुहोस्