काठमाडौं १० पुस। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ ।
एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।
केही बेर अघि राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किएका छन् । सत्ता गठबन्धन टुटेको कांग्रेसले घोषणा गरेपिछि प्रचण्ड वाम नेतृत्वको गठबन्धन बनाउन एमाले अध्यक्षसंग वार्ता गर्न बालकोट पुगेका हुन् ।
५ दलीय सत्ता गठबन्धनमा रहेको अर्को वामपन्थी दल एकीकृत समाजवादी भने वाम गठबन्धनको बैठकमा सहभागी छैन। माधव नेपालले देउवालाई नै सघाउने बचन दिएको नेपाल निकट एक नेताले बताएका छन् ।
नयां सरकार गठनका लागि १३८ सांसद को समर्थन आवश्यक पर्दछ ।यी चार दलमा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ भन्दा बढी १४२ हुन आउंछ ।
प्रतिक्रिया दिनुहोस्