काठमाडौँ १० पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा एमाले–माओवादी सहतिका दलहरुबीच नयां सरकार गठन गनेृ सहमति जुटेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी बचि सहमति जुटेको छ ।
सरकार गठनका लागि राष्ट्रपति कार्यालय जानुअघि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले बालकोटको बार्दलीबाट हात हल्लाउँदै समर्थकहरुलाई अभिभावदन गरेका छन् ।
संसद पुनस्र्थापना भएर तत्कालीन प्रधानमन्त्री केपी ओली पदच्युत भएर आफ्नो निजी निवास पुगेर सोही वार्दलीबाट कार्यकर्तालाई अभिवादन गरेको तस्वीर भाइरल भएको थियो भने तत्कालीन ओलीका प्रतिस्पर्धी प्रचण्ड र माधव नेपालहरुले निकै विरोध गरेका थिए ।
राजनीतिमा जे पनि हुन्छ भनेको फेरि एकपटक ओली र प्रचण्डले नै देखाएका छन् ।
प्रतिक्रिया दिनुहोस्