काठमाडौं ११ पुस । नेकपा एमालेका तर्फबाट सरकारमा उपाध्यक्ष विष्णु पौडेलले नेतृत्व गर्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डलगत्तै एमालेबाट पौडेलसहित ४ जनाले शपथ लिने तय भएको हो । पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्नेछन् ।
एमालेबाट धनकुटका राजेन्द्र राई, वैतडीका दामोदर भण्डारी र बाराकी ज्वालाकुमारी शाह पनि मन्त्री बन्नेछन् ।
उनीहरूको मन्त्रालय भने टुंगो लागेको छैन । साह पूर्व माओवादीबाट प्रभु साह सहित एमालेमा प्रवेश गरेकी नेतृ हुन् ।
प्रतिक्रिया दिनुहोस्