ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले विभाजन गर्नेलाई बिर्सेका छैनौँ, अहिलेकै अवस्थामा माधव नेपाललाई स्वीकार्न सकिंदैनः एमाले


ABC NEWS
१७ पुस २०७९, आइतबार   ७ : ३७   बजे

 

 

काठमाडौं १७ पुस । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी विभाजनको औचित्य कुनै पनि ढंगले पुष्टि नहुने भन्दै गल्ती स्वीकार नगरेसम्म माधव नेपाल नेतृत्वको समूहलाई स्वीकार गर्न नसकिने बताएका छन् ।

 

एमाले निकट रिटर्नी फेडरेशनको पहिलो स्थापना दिवसलाई शनिवार सम्बोधन गर्दै उपमहासचिव नेपालले नेकपा एसतर्फ संकेत गर्दै गम्भीर ‘रियलाइजेशन’ बेगर अरू कुनै पनि कुरा सम्भव नरहेको बताए ।

माधव नेपाललाई राष्ट्रपति बनाउन लागिएको र नेकपा एसलाई मिलाउन लागिएको हल्लातर्फ संकेत गर्दै ज्ञवालीले त्यो कुनै सम्भव नरहेको बताए ।

ज्ञवालीले भने( हामीले बिर्सेका छैनौँ र बिर्सने कुरा पनि होइन । एमालेको विभाजन र एमालेलाई सरकारबाट विस्थापन गर्नका लागि गरिएको यावत क्रियाकलाप जस्टिफाइ हुन सक्दैन । हामी पूर्वाग्रह राख्दैनौँ तर गम्भीर रियालइजेशन बेगर अरू धेरै कुरा सम्भव छैन । सरकारलाई विश्वासको मत देऊ भन्ने कुरा,सरकारको दायरा फराकिलो बनाउन एकाध पोर्टफोलियो दिने कुरा स्वाभाविक होला । तर जुन कष्ट र आँधी हुरीका साथ एमालेको डुंगालाई यहाँसम्म ल्याइएको छ, सतिसाल जस्ता कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय हुँदैन, तपाईँहरू तनावमुक्त भएर पार्टी निर्माणमा लाग्नुस् ।

 

ज्ञवालीले माओवादी र एमालेको विभाजनलाई बरु स्वाभाविक मान्न सकिने र यसमा अदालतको र आफ्नै ३ वर्षको अनुभवले पनि त्यस्तै भनेको बताए ।

उपमहासचिव ज्ञवालीले एमालेलाई बिगार्ने नियतले अब कसैलाई पनि स्थान नदिइने प्रष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ अवकाशमा

तीजका कार्यक्रम स्थगित गरेर भोटेकोसी बाढीपीडितलाई सहयोग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu