ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अंग्रेजी नयाँ वर्ष २०२३ सुरू कस्तो रह्यो २०२२ (भिडियोसहित)


एबीसी न्यूज
१८ पुस २०७९, सोमबार   १ : २८   बजे

काठमाडौं, १८ पुस । आजबाट अंग्रेजी नयाँ वर्ष २०२३ सुरू भएको छ । नयाँ वर्षको स्वागतका लागि विश्वका विभिन्न मुलुकले विविध कार्यक्रम गरेका छन् । भूगोल र संस्कृति फरक भए पनि सबैले नयाँ वर्षलाई हर्सोल्लासका लागि बनाएका छन् । नेपालमा पनि विविध कार्यक्रम गरि नयाँ वर्ष २०२३ मनाइएको छ ।अंग्रेजी नयाँ वर्ष २०२३ आजबाट शुरु भएको छ । ईस्वी संवतको यो नयाँ वर्ष नेपालमा पनि शुभकामना आदानप्रदान गरी मनाइएको छ । नयाँ वर्ष मनाउन राजधानी काठमाडौं लगायत मुलुकका विभिन्न पर्यटकीय स्थानमा सांगीतिक कार्यक्रमको आयोजना गरिएका थिए । नयाँ वर्ष सन् २०२३ लाई स्वागत गर्न काठमाडौँको ठमेलमा आन्तरिक र बाह्य पर्यटकहरूको घुइँचो लागेको छ । शनिबार राति ठमेलको नरसिहंचोक, जोपि रोड त्रिदेबीमार्ग सात घुम्ती लगायतका क्षेत्रमा स्वदेशी तथा विदेशीहरुको बाक्लो उपस्थिति रहेको थियो । शनिबार बेलुकी ‘न्यू इयर इभको अवसरमा ठमेल उल्लासमय बन्यो । ठमेल जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ नाराका साथ सञ्चयकोष अगाडिको मुख्य सडकमा महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेका हुन । ठमेललाई विशेष पर्यटकीय क्षेत्र घोषणा गर्नका लागी सडक महोत्सव आयोजना गरिएको बताउँछन ।

अंग्रेजी नयाँ वर्ष २०२३ को आगमनसँगै नेपाली पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको छ । नयाँ वर्ष मनाउन पर्यटकीय गन्तव्यहरूमा आन्तरिक एवम् बाह्य पर्यटकको चहलपहल बढेको बेला पोखराको लेकसाइडस्थित ३ किलोमिटर लामो सडकमा सडक महोत्सव चलिरहेको छ । सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नाराले पर्यटकलाई आकर्षण गर्न सफल भएको छ । यस्तै, नयाँ वर्ष सन् २०२३ जनवरी १ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गरिएको छ । अँग्रेजी नयाँ वर्ष हर्ष उल्लासका साथ मनाइरहँदा नेपाली काँग्रेस नेता एवम् काठमाडौं ५ का सांसद प्रदिप पौडेलले नयाँ वर्ष बैशाख १ गतेलाई पनि भव्य रुपमा मनाउन आग्रह गरे । नेपालका लागि सन् २०२२ मिश्रित रह्यो । यसलाई शक्तिको श्रोत परिवर्तन र रूपान्तरणको प्रारम्भिक वर्षको रूपमा लिन सकिन्छ ।

\सन् २०२२ मा शुरु भएको राजनैतिक विचारधाराको नयाँ प्रवृत्तिले आगामी वर्षहरूमा नयाँ चेतना जगाउने विश्वास छ । यो वर्ष हामीले स्थानीय सरकार, प्रदेश सरकार र प्रतिनिधिसभाको श्रृङ्खलाबद्ध निर्वाचन सम्पन्नन भए । विद्यमान दलहरूको खिचातानी र अस्वस्थ गठबन्धन अनि नेतृत्वको कुर्ची मोहले वर्ष २०२२ मा नेपाली जनालाई पुराना भन्दा नयाँ नेतृत्वको चाहमा झनै वृद्धि गरेको छ । विगतमा नदेखेको राजनीतिक परिदृश्यमा यो वर्ष ठूलो परिवर्तन आएको छ । धेरै स्वतन्त्र व्यक्तिहरूले दल र पार्टीभन्दा माथि उठेर आफ्नो विचारधारा प्रस्तुत गरी उमेदवारी दिएकोमा समर्थन पाएका छन् । नेपाली प्रजातान्त्रिक इतिहासमा यतिको ठुलो रूपान्तरण अहिलेसम्म भएको थिएन । सन् २०२२ ले नेपाली राजनीतिक नक्षत्रमा बलेन्द्र शाह, गोपाल हमाल, हर्क साम्पाङ, रवि लामिछाने, तोशिमा कार्की लगायतका धेरै नाम ल्याएको छ । अब, यो वर्ष उनीहरूको वाचालाई सार्थक गर्ने अवसर हो । वर्तमान दलहरूबीचको विवाद, अस्वस्थ गठबन्धन र नेतृत्वको शक्तिप्रतिको मोहले यो वर्ष नयाँ नेतृत्व परिवर्तनको नेपाली इच्छालाई अझ बढाएको छ ।

यो राजनीतिक क्षेत्रमा बिस्तारै नयाँ पुस्तालाई हस्तान्तरण भइरहेको संकेत हुन सक्छ । अर्थतन्त्रका हिसाबले यो वर्ष नेपाललाई तनावपूर्ण रह्यो । एकातिर निर्वाचनबाट राज्य कोषमा भार थपिएको छ भने अर्कोतर्फ विश्वव्यापी आर्थिक मन्दी र तरलताले सेयर बजार, बैंकिङ, रियल स्टेट, आयात निर्यात लगायतका अधिकांश क्षेत्रमा नकारात्मक प्रभाव र सङ्कट परेको छ । अघिल्लो वर्षको महामारीले बल्ल बल्ल उठ्न खोजेको पर्यटन र अन्य व्यवसायहरू सन् २०२२ मा चाहेको जस्तो उठ्न सकेनन् । आर्थिक खाडललाई कम गर्न सरकारी नेतृत्वले कुनै महत्वपूर्ण कदम चालेको २०२२ ले देख्न पाइएन । यस वर्ष मुस्ताङमा भएको विमान दुर्घटनाले २२ जनाको ज्यान लियो भने बाढीका कारण सबैभन्दा बढी प्रभावित कर्णाली प्रदेशमा कम्तीमा ३३ जनाको ज्यान गयो । वर्षायाममा नेपालका विभिन्न भागमा धेरै सडक दुर्घटनाहरू भएका छन् । यो वर्ष ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनले नेपालीहरू गहिरो शोकमा डुबेका छन् । बिस्तारै हामी कोरोनाको महामारीबाट निको हुँदै गइरहेका थियौं, तर पछि डेंगु महामारीको चपेटामा पर्यौं जसले धेरैलाई हताहत बनायो । सामाजिक सञ्जालमा नेपाली नेटिजनहरुको सक्रियतामा वर्ष २०२२ मा केही कमी आएन । कहिले एमसीसी विरुद्धको आन्दोलन त कहिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधी ह्याशट्यागहरु नेपाली डिजिटल इकोसिस्टममा निकै चले । टुकुचा खोला, महानगर पार्किङ, डोजर लगायतका कुराहरूले समाचारका शीर्षकहरूमा वर्ष २०२२ मा निकै चर्चा पाए । विश्वका अधिकांश मुलुकमा प्रचलनमा रहेको इस्वी संवत प्रत्येक वर्ष जनवरी पहिलो तारिखका दिन नयाँ वर्षको आरम्भका रुपमा भव्यताका साथ मनाइन्छ । अंग्रेजी नयाँ वर्ष २०२३ को शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group