काठमाडौं २० पुसस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि नेपाल टी२० लिगमा छानबिन थालेको छ।
लिगका लागि विदेशी खेलाडी भित्र्याउँदा श्रम स्वीकृति र अनुमति नलिएको भन्दै अख्तियारले छानबिन थालेको हो।
अख्तियारले राष्ट्रिय खेलकुद परिषदलाई पत्र पठाउँदै ७ दिनभित्रमा सम्बद्ध कागजातसहितको राय प्रतिक्रिया पठाउन भनेको छ।
कीर्तिपुरमा सञ्चालन भइरहेको नेपाल टी२० लिगमा सहभागी विभिन्न ६ वटा टिमबाट विभिन्न विदेशी खेलाडीहरुबाट विना श्रम स्वीकृति तथा अनुमतिविना नै क्रिकेट खेल सञ्चालन गरिरहेको व्यहोराको उजुरी परेको अख्तियारले जनाएको छ।
अख्तियारले सोमाबार राखेपसँगै श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा पनि राय तथा प्रतिक्रिया उपलब्ध गराउन पत्र पठाएको छ।
प्रतिक्रिया दिनुहोस्