काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले भेटवार्ता गरेका छन्।
उनीहरूबीच आज भेटवार्ता भएको हो।
उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत थम्प्सनबीच द्विपक्षीय हितका विषयमा कुराकानी भएको मन्त्री श्रेष्ठको सचिवालयले जानकारी दिएको छ।
उक्त भेटवार्तामा राजदूत थम्प्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका थिए।
प्रतिक्रिया दिनुहोस्